धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

अशाेज २१,२०८३ / जेसी नेपाल संवाददाता

नेपाली काँग्रेस धनुषाको केन्द्रीय प्रतिनीधि चयनको लागि २६ जनालाई बायकट्ट गरी एकलौटी रुपमा प्रतिनीधि चयन गरेको आरोप लगाएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं. २ बाट कुल ३३ जना प्रतिनीधि चयन भएर जानुपर्नेमा मात्र ७ जना प्रतिनीधि एकलौटी रुपमा चयन गरी पठाईएको आरोप काँग्रेसका एक युवा नेताले लगाए । क्षेत्रीय अधिवेशनबाट केन्द्रीय प्रतिनीधि चयनको प्रक्रियालाई ओभरटेक गरी रामकृष्ण यादव, मुक्ता यादव, दिनेश प्रसाद प्रसैला, जय प्रकाश ठाकुर, सुदेश चौधरी, नविन गोहिबार र सुमदे प्रसाद साहको नाम केन्द्रमा गएपछि नेपाली काँग्रेसका युवा नेताहरुले आपत्ति जनाएका थिए ।

क्षेत्र नं. २ मा पर्ने विभिन्न पालिकाका सभापति प देन हुने व्यवस्था रहेकोमा बाँकीका पदाधिकारीलाई अधिवेशन नै नगरी केन्द्रीय प्रतिनीधिमा नाम चयन भएपछि क्षेत्रका काँग्रेसीहरुले विरोध जनाएको हो । सोही क्रममा दिनेश प्रसाद प्रसैला र नविन गोहिबारले अधिवेशन नभएको भन्दै अधिवेशन प्रतिनीधिबाट नाम फिर्ता लिएका छन् । उनीहरुले समाजिक सँजाल मार्फत आफ्नो नाम फिर्ता लिएको प्रष्टयाएका छन् ।

धनुषा २ मा सर्वसम्मत, चुनावी प्रक्रिया, सहमति वा कुनै प्रकारबाट अधिवेशन नगरी प्रतिनीधि छनौट नगरेको तथा एकलौटी गरी नाम पठाएको भन्दै उनीहरुले बहिष्कार गर्दै ब्याक भएका हुन् । रामकृष्ण यादव र मुक्ता यादवले एकलौटी रुपमा प्रतिनीधि चयन गरेको आरोप रहेका छन ।

प्रकाशित : अशाेज २१, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA

धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई गरे पक्राउ : JCNEPAL MEDIA

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPAL MEDIA

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ : JCNEPAL MEDIA