राजमार्गको होटल अनुगमन, धनुषाको बौआ होटल सञ्चालकलाई २५ हजार जरिवाना, थुप्रै खाद्यान्न नष्ट : JCNEPALMEDIA

असार १६,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : पूर्व पश्चिम महेन्द्रराजमार्ग अन्तर्गतको होटलहरुमा जनताको स्वास्थ्य संग खेलवाड गर्ने गरिे खाद्य सामाग्रीको उत्पादन तथा विक्रि भईरहेको व्यापक गुनाशोपछि होटलहरुको स्थगत अनुगमन गर्ने काम भएको छ ।

मधेश प्रदेश सरकारको गृह, कानुन तथा सञ्चार मन्त्री फकिरा महतो पनि सहभागि रहनु भएको अनुगमन टोलीले लालगढ स्थित चर्चित बौआ होटलमा तारेर आम ग्राहकलाई विक्रिका लागि राखिएको १५ किलो माछा तथा मासुलाई तत्कालै मेसिनले परीक्षण गर्दा खान योग्य नपाएपछि होटल सञ्चालकलाई ठाउँका ठाउँ २५ हजार जरिवाना गरिईएको हो ।

अनुगमनमा सहभागि हुनु भएका धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं निरीक्षक कृष्ण गैह्रेले तो होटलका सञ्चालकलाई खाद्य ऐन अनुसार ठाउँका ठाउँ अगामी दिनमा स्वस्थ्य सामाग्री विक्रि वितरण गर्न निर्देशन दिनुहँुदै जरिवाना गर्नुका साथै अखाद्य माछा मासु नियन्त्रणमा लिएर नष्ट गरिईएको छ ।

मधेशका गृहमन्त्रालय जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको संयुक्त टोलीले लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित अन्य होटल तथा पसलमा अनुगमन गरेर म्याद गुज्रेका तथा लेभल नभएका मसला, तेल, तथा अन्य सामाग्रहरु सहित ५ क्वीन्टल खाद्य पदार्थ नियन्त्रणमा लिएर नष्ट गर्ने काम भएको सहायक प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिनु भयो ।

अनुगमनका क्रममा अधिकांश होटलमा खाद्य स्वच्छता सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना नगरेको, म्याद नाघेका खाद्य सामग्री भण्डारण गरिएको तथा अखाद्य सामग्रीको प्रयोग भएको भेटिएको अनुगमन टोलीले जनाएको छ । त्यसैगरी, लालगढ र ढल्केबर क्षेत्रमा सञ्चालित गौतम, पुकार, थापा, कोमललगायत नौ वटा होटल तथा केही किराना पसलहरुको अनुगमन गरिएको थियो ।

अनुगमन टोलीले होटल व्यवसायीलाई स्वच्छ, सफा र ताजा खाना मात्र बिक्री गर्न, मूल्यसूची अनुसार सेवा दिन, अत्यधिक मूल्य नलिन तथा प्रचलित मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । आगामी दिनमा अनुगमनलाई निरन्तरता दिइने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिनु भयो ।

प्रकाशित : असार १७,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA