जनकपुरधामका २२ जना महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सुरु

्बटुकनाथ झा । जनकपुरधाम, १५ गते कार्तिक महिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले जनकपुरधाम उपमहानगरपालिकाका २२ जना महिला जनप्रतिनिधिहरुका लागि तेस्रो मोडयुलको चार दिने प्रारम्भिक तालिम मंगलबार देखि सुरु गरेको छ । महिला जनप्रतिनिहिरुलाई संस्थागत विकास तर्फ तेस्रो मोड्युलको प्रशिक्षण अन्तगरगत व्यक्तिगत विकासका लक्ष्यहरु र कार्य योजना,समुदाय परिचालन, विकास,सञ्चार माध्यम संग सहकार्य,समुहगत कार्य, बैठकको योजना व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनाई तथा सञ्जाली कारण गरी कुल ९ विषयमा कार्तिक १८ गते सम्म तालिम दिईने माण्डवीका अनुगमन अधिकृत रिंकु कुमारी चौधरीले जानकारी दिनुभयो । मंगलबार देखि सुरुभएको सो तालिमको अनुगमन माण्डवीका कार्यकारी निर्देशक संतोष महतोले गर्नुभएको थियो । सहभागी महिला जनप्रिितनिधहरुलाई प्रशिक्षक सम्झना बर्माले प्रशिक्षण दिनुभएकोछ । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा दुबै जना प्रशिक्षकले महिला जनप्रतिनिधिहरुलाई नगरपालिकामा महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठाउन गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिईरहेको अनुगमन अधिकृत चौधरीले जानकारी दिनुभयो । यो भन्दा पहिला दोस्रो चरणको प्रशिक्षणमा सहभागीहरुलाई प्रस्तुतीकरण र सार्वजनिक वक्तव्य सीप,सरोकारबलाहरुसंगको सहकार्य, लैँगिकता र लैँगिक समानता, नियमन,महिला नेतृत्वको परिचय, आत्म विस्वासको अभिबृद्धि, स्थानीय शासन र स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुको भुमिका, राजनीति तथा निर्णय प्रक्रियामा महिला सहभागीताको महत्व लागयतका विषयमा प्रशिक्षण सम्पन्न भईसकेको छ । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत तेस्रो चरणमा धनुषाका क्षिरेश्वरनाथ नगरपालिका,गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका तथा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई चार दिने प्रशिक्षण सम्पन्न भएपछि जनकपुरधामका २६ जना महिला जनप्रतिनिधिहरुलाई तालिम दिएपछि बाँकी मध्ये २२ जनालाई चार दिने तालिम सुरु गरिएको चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने