जनकपुरका राजपुत धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा सर्टलिस्टकाे पहिलो नम्बरमा : JCNEPALMEDIA

भदौ १०,२०८३ / जेसी नेपाल संवाददाता

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिस्ट्रार पदका लागि मिथिलाका सुपुत्र डा। अरुण कुमार सिंह राजपूत पहिलो नम्बरमा सर्टलिस्ट भएका छन् ।

प्रतिष्ठानको बालरोग विभागमा सह–प्राध्यापकका रूपमा कार्यरत डा. सिंह रजिस्ट्रार पदका लागि छनोट सूचीमा पहिलो स्थानमा परेपछि उनलाई उनका समर्थक, शुभचिन्तक, आफन्तजनहरुले विभिन्न माध्यमबाट छनौटका लागि शुभकामना दिएका छन् ।

मिथिलाको माटोका प्रतिभाशाली तथा समर्पित व्यक्तित्वका रूपमा चिनिएको भन्दै डा. सिंहले स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएको दाबी गरिएको छ । उनको ज्ञान, अनुभव, नेतृत्व क्षमता तथा कार्यकुशलताले प्रतिष्ठानको शैक्षिक, स्वास्थ्य तथा प्रशासनिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

रजिस्ट्रार पदका लागि पहिलो स्थानमा सर्टलिस्ट भएसँगै डा. सिंहको आगामी अन्तर्वार्ता र सम्भावित नियुक्तिलाई लिएर मिथिला क्षेत्रमै चासो बढेको छ । डा. सिंहले आगामी अन्तर्वार्तामा समेत उत्कृष्ट प्रदर्शन गर्दै रजिस्ट्रार पदमा नियुक्ति हासिल गर्ने विश्वाससहित शुभेच्छुकहरूले उनलाई बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

डा. सिंहको सम्भावित नियुक्तिले प्रतिष्ठानको प्रशासनिक नेतृत्वमा समेत नयाँ ऊर्जा र प्रभावकारी कार्यसम्पादनको अपेक्षा गरिएको छ ।

प्रकाशित : भदौ १०, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA