भारतबाट पुल बनाउने समाग्री, उपकरणसहित नेपालका लागि ११ टन राहत सामग्री बोकेको चौथो उडान : JCNEPALMEDIA

भदौ १४,२०८३ / जेसी नेपाल संवाददाता

भारतबाट बाढी तथा विपद् प्रभावित नेपालका लागि राहत तथा उद्धार सामग्री बोकेको चौथो उडान नेपाल आईपुगेको छ ।

चौथो उडानमा ११ टन सहायता सामग्री पठाइएको छ । उक्त उडानमा सुरुङ प्राविधिक टोली, खोज तथा उद्धारका लागि आवश्यक उपकरण, डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञ तथा कम्बल र सरसफाइ सामग्रीलगायत अत्यावश्यक राहत सामग्री रहेको जनाइएको छ । यसअघि नै भारतबाट नेपालमा उद्धार तथा राहतका लागि विभिन्न सामग्री पठाइँदै आएको छ ।

भारतले विपद्पछि खोज, उद्धार, पहिचान तथा राहत व्यवस्थापनमा सहयोग पुर्‍याउन प्राविधिक जनशक्तिसहित आवश्यक उपकरण नेपाल पठाएको हो । यसैबीच, २३० फिट लामो एक लेनको मोड्युलर स्टिल पुल निर्माणका लागि आवश्यक उपकरण बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन् । थप सातवटा बेली ब्रिज निर्माणका लागि आवश्यक प्राविधिक टोली र उपकरणसमेत चाँडै नेपाल आइपुग्ने जनाइएको छ ।

यसबाट बाढी तथा पहिरोका कारण अवरुद्ध भएका सडक तथा यातायात सम्पर्क पुनःस्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । भारतबाट नेपालमा हालसम्म पठाइएको राहत तथा उद्धार सामग्रीको कुल मात्रा ६८ दशमलव ५ टन पुगेको छ । खोज तथा उद्धार उपकरणदेखि पुल निर्माणका सामग्री र अत्यावश्यक राहत सामग्रीसम्म भारतले नेपाललाई सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : भदौ १४, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA