रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

भदौ १४,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् ।

मधेश प्रदेश प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये दिउंसाेसम्ममा धनुषा जिल्लाकाे सम्पर्कवहिन १३ जना मध्ये ७ जना सम्पर्कमा आएकाे छ । मधेश प्रदेश प्रह,श्रका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भने धनुषाकाे १३ जना सम्पर्कविहिन थिए । ती मध्ये ७ जना सम्पर्कमा आएकाे तिनीहरूकाे पारिवारिक श्राेतले जानकारी गराएका हुन ।

उनका अनुसार सम्पर्कविहिन मध्षे जिल्लाका सबैला नगरपालिका २ का लक्ष्मण महताे, हंसपुर नगरपालिका ६ का दयावती देवी यादव, विजयकसमार यादव साेही पालिकाका वडा ९ का सुरेश पंजियार, जनकपुरधाम उपमहानगरपालिका ४ का रितिक झा, विक्रम ठाकुर र जनकपुरधाम ११ का सुशान्त यादव सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएका व्यक्तिहरूकाे अवस्था के कस्ताे हाे, कहाँ कुन अवस्थामा हाे बारे हामीलाई जानकारीमा आएकाे छैन पारिवारिक श्राेतले सम्पर्कमा आइसकेकाे भनी प्रहरीमा जानकारी गराएपछि हाम्राे जानकारीमा आएकाे प्रवक्ता ढकालले जनाए । प्रदेश प्रहरीले जनाए अनुसार धनुषाका जनकपुरधाम ८ का अजय प्रसाद सिह, सबैला ८ का राहुल गुप्ता, गणेशमान चारनाथ नगरपालिका ३ का परीक्षण ठाकुर, राधादेवी ठाकुर, संगम ठाकुर र साेही पालिकाकाे वडा नम्बर ४ का पुनमकुमारी ठाकुरकाे अवस्था अझै अज्ञातै रहेकाे छ ।

सम्पर्कविहिनहरूकाे घरमा गत तीनदेखि रूवावासीकाे अवस्था छ । उनीहरूले नेपाल सरकारसंग आफ्ना मान्छेकाे अवस्था सार्वजनिक गरि सकुशल उद्धार गरिदिन आग्रह गरेका छन् । मधेश प्रदेशका सम्पर्कविहिन १९२ मध्ये ३० जना सम्पर्कमा आएका हुन भने १६२ जनाकाे अवस्था अझै अज्ञातै रहेकाे छ । प्रहरीका अनुसार सबभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहिन जसमध्ये एकजना मात्रै कन्चनरूप ८ का अजय मरिक सम्पर्कमा आएका हुन ।

यस्तै पर्साका ४० मध्ये २ जना, बाराका २५ मध्ये २ जना, राैतहटका १९ मध्ये ६ जना, सर्लाहीका १९ मध्ये ३ जना, महाेतरीका १७ मध्ये ७ जना र सिरहाका १० मध्ये २ जना मात्रै गरि ३९ जना सम्पर्कमा आएका हुन भने १६२ जनाकाे अवस्था अझै अज्ञातै छ ।

प्रकाशित : भदौ १४, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

रसुवा बाढी घटनामा धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा ,मधेशका १६२ काे अवस्था अझै अज्ञातै : JCNEPALMEDIA

भारतबाट पुल बनाउने समाग्री, उपकरणसहित नेपालका लागि ११ टन राहत सामग्री बोकेको चौथो उडान : JCNEPALMEDIA

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटे : JCNEPALMEDIA

जनकपुरका राजपुत धरानकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार पदमा सर्टलिस्टकाे पहिलो नम्बरमा : JCNEPALMEDIA

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै : JCNEPALMEDIA

सुनचाँदीको मूल्य घट्यो : JCNEPALMEDIA