भारतकाे मणिपुरमा विषाक्त रक्सी पिउँदा ११ जनाको मृत्यु, १५० भन्दा बढी व्यक्ति अस्पताल भर्ना : JCNEPALMEDIA

मंशिर ०५,२०८३ / जेसी नेपाल संवाददाता

विषाक्त रक्सी पिउँदा अस्पताल भर्ना भएका बिरामीलाई भेट्दै मुख्यमन्त्री युमनम खेमचन्द सिंह। भारतको उत्तरपूर्वी क्षेत्रस्थित राज्य मणिपुरको चन्देल जिल्लामा विषाक्त रक्सी पिउँदा विगत ३ दिनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। यस्तै विषाक्त रक्सी पिएका कारण १५० भन्दा बढी मानिस बिरामी परेका छन्।

उनीहरू इम्फालका विभिन्न अस्पतालमा उपचाररत रहेको बीबीसी हिन्दीले जनाएको छ। चन्देल जिल्ला प्रशासनका अनुसार चकपिकारोङ उपविभाग र वरपरका क्षेत्रमा विषाक्त रक्सी पिएका धेरैवटा शंकास्पद घटना रिपोर्ट गरिएका छन्। एक जिल्ला अधिकारीले बीबीसी हिन्दीलाई बताएअनुसार नोभेम्बर १८ मा यस क्षेत्रमा विषाक्त मदिरा पिएका कारण धेरै जनाको मृत्यु भएको जानकारी दिइएको थियो भने यो क्रम यसपछि पनि जारी रह्यो।

चन्देल प्रहरी अधीक्षकद्वारा जारी विज्ञप्तिमा सुरुमा ८ जनाको मृत्यु भएको पुष्टि भएको थियो, तर पछि मृतकको संख्या बढ्यो। यसैबिच चन्देलका जिल्ला उपायुक्तद्वारा जारी सूचनामा भनिएको छ, ‘चकपिकारोङ उपविभाग र वरपरका क्षेत्रमा मिसावटयुक्त रक्सी पिउँदा भएको मृत्युलाई ध्यानमा राख्दै आम जनतालाई अत्यधिक सावधानी अपनाउन सल्लाह दिइन्छ।’ जिल्ला प्रशासनले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

मृत्युको वास्तविक कारण पत्ता लगाइँदै छ र यस क्षेत्रमा मदिरा ल्याउनेहरूविरुद्ध कारबाही सुरु गरिएको छ। यसैबिच मणिपुरका मुख्यमन्त्री युमनम खेमचन्द सिंहले बिहीबार इम्फाल पश्चिममा रहेको सिजा अस्पताल तथा अनुसन्धान संस्थान र इम्फाल पूर्वमा रहेको बाबिना अस्पताल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिएका छन्।

यस क्रममा उनले बिरामीहरूलाई सरकारबाट आवश्यक सहयोग हुने आश्वासन दिएका छन्। साथै मुख्यमन्त्री खेमचन्द सिंहले दोषीहरू पत्ता लगाई तुरुन्त पक्राउ गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

प्रकाशित : मंशिर ०५,२०८३                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुर र भैरहवा एयर रूट दिन भारत सहमत, नेपालको अडान महेन्द्रनगरसम्म : JCNEPALMEDIA

धनौजी प्रिमियर लिगको उपाधि जिते महुलियाटीम :JCNEPALMEDIA

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, सत्ता जोगाउने ठूलाे चुनौती : JCNEPALMEDIA

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA