जनकपुर-१८ भाेइलकी \'सान्वी मण्डल\' जितिन् \'मिस वेलनेस वर्ल्ड २०२६\' को ताज, पैतृक गाउँमाभव्य स्वागत : JCNEPAL MEDIA

कार्तिक ०२,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधामकी सान्वी मण्डलले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता 'मिस वेलनेस वर्ल्ड २०२६' को उपाधि जितेकी छन् ।

थाइल्यान्डको बैंककमा सम्पन्न प्रतियोगितामा विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले मुख्य ताज जितेकी हुन् । सेप्टेम्बर २७ मा बैंककस्थित क्यालिप्सो क्याबरेमा आयोजित प्रतियोगिताको अन्तिम चरणमा सान्वीले उपाधि हासिल गरेकी हुन् । प्रतियोगितामा २५ भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी थिए । उनको यो सफलताले जनकपुरधामसँगै मधेश प्रदेश र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ ।

सान्वी यसअघि मिस नेपाल २०२५ मा सहभागी भएकी थिइन् । प्रतियोगी नम्बर १ का रुपमा प्रतिस्पर्धा गरेकी उनले उत्कृष्ट १२ मा स्थान बनाउन सफल भएकी थिइन् । राष्ट्रिय स्तरको प्रतियोगिताबाट सुरु भएको उनको यात्रा अन्तर्राष्ट्रिय उपाधिसम्म पुगेको हो । व्यवसाय प्रशासनमा स्नातक गरेकी सान्वीलाई नृत्य, फिटनेस र गायनमा रुचि छ । उनले सौन्दर्य प्रतियोगितालाई बाहिरी आकर्षणमा मात्र सीमित नराखी व्यक्तित्व विकास, स्वस्थ जीवनशैली र सामाजिक उत्तरदायित्वसँग जोड्ने दृष्टिकोण अघि सारेकी छन् ।

सान्वीले मिस नेपालमा सहभागिता जनाउँदा 'फेसेस अफ होप: ट्रान्सफर्मिङ लाइभ्स, वन स्माइल एट अ टाइम' नामक सामाजिक अभियानलाई पनि प्राथमिकता दिएकी थिइन् । उक्त अभियानको उद्देश्य अवसरबाट वञ्चित बालबालिकालाई सहयोग गर्नु रहेको छ । यसले उनको प्रतियोगितात्मक यात्रालाई सामाजिक उद्देश्यसँग समेत जोडेको छ ।

ब्युटी विथ वेलनेस' अर्थात् सुन्दरतासँगै स्वस्थ जीवनशैली भन्ने अवधारणामा आधारित मिस वेलनेस वर्ल्ड प्रतियोगिताले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, आत्मविश्वास, भावनात्मक स्वास्थ्य र सकारात्मक सोचलाई महत्त्व दिन्छ । शरीर, मन र आत्माबीचको सन्तुलनलाई सुन्दरताको व्यापक अवधारणाका रुपमा प्रस्तुत गर्नु यस प्रतियोगिताको विशेषता हो । प्रतियोगिताका क्रममा सहभागीहरुले सांस्कृतिक गतिविधि तथा वेलनेससम्बन्धी कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।

विभिन्न देशका प्रतिनिधिहरुले आ-आफ्नो संस्कृति, जीवनशैली र स्वस्थ जीवनप्रतिको दृष्टिकोण प्रस्तुत गरेका थिए । सान्वीको सफलतासँगै जनकपुरधामबाट अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितासम्म पुग्ने प्रतिभाको चर्चा बढेको छ । मिस नेपालमा उत्कृष्ट १२ सम्म पुगेकी उनले एक वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्नु आफ्नो यात्राको महत्त्वपूर्ण उपलब्धि बनेको छ । अन्तर्राष्ट्रिय ताज जितेपछि सान्वीले अब 'मिस वेलनेस वर्ल्ड' का रुपमा स्वस्थ जीवनशैली, आत्मविश्वास र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित सन्देशलाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर पाएकी छन् ।

सान्वी मण्डललाई पैतृक गाउँ जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८ भोयलमा भव्य स्वागत गरिएको छ । गाउँको नाम विश्वस्तरमा चिनाएको भन्दै उनलाई आफ्नो पैतृक गाउँमा भव्य स्वागत गरिएको हो ।

प्रकाशित : कार्तिक ०२, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA