एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

अशाेज ३०,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना चार मन्त्रीलाई राजीनामा गराएको हो ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले आज प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।

सरकार गठनका बेला सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लिएको मुख्यमन्त्री कृष्णकुमार यादवलाई लेखिएको पत्रमा उल्लेख छ । एमालेले समर्थन फिर्ता लिएसँगै सरकारमा सहभागी चार मन्त्रीले पनि आजै मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका छन् ।

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन् । एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादव नेतृत्वको मधेस प्रदेश सरकार राजनीतिक दबाबमा परेको छ । एमालेको समर्थन फिर्ताले प्रदेशसभामा सरकारको बहुमतको अवस्था प्रभावित हुने देखिएको छ ।

प्रकाशित : अशाेज ३०, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA