ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

कार्तिक ०१,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश सरकारबाट एमालेको चार मन्त्रीहरु समर्थन फिर्ता लिएपछि मधेशमा नयाँ सरकार बन्ने कसरत सुरु भएको छ मधेश प्रदेशमा एमालेको समर्थन फिर्तापछि अब जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्वमा सरकार बन्ने लगभग तय भएको उच्च स्रोतले जनाएको छ ।

जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आज काठमान्डौंस्थित पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीसँग गोप्य भेटघाट गर्दै मधेशमा जसपा नेतृत्वको सरकार बनाउने लगभग तयारी पूरा भईसकेको जनाइएको छ । यद्यपी, यसको अधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन। जसपा नेतृत्वको सरकार बनेपछि मुख्यमन्त्रीमा पूर्व मुख्यमन्त्री सरोज कुमार यादव पुनः मुख्यमन्त्री बन्ने लगभग तय भएको स्रोतले बतायो ।

मधेशमा अहिले रहेको काँग्रेस नेतृत्वको सरकारलाई खसाएर जसपा नेतृत्वको सरकार बनाउने तयारी पूरा भएको स्रोतले जनाएको छ । त्यसको लागि एमालले आफ्ना ४ मन्त्रीसँग राजीनामा गराएको बुझिएको छ । नयाँ सरकार बनाउनको लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग भर्खरै भेटघाट गरी सरकार बनाउने तय गरेको सोही बैठकका एक नेताले बताए । मधेशमा अहिले नेपाली काँग्रेसका कृष्णा यादव मुख्यमन्त्री रहेका छन् ।

प्रकाशित : कार्तिक ०१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA