धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA

कार्तिक ०७,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषामा गएराती एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको खवर प्राप्त भएको छ ।

धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ३ मिथिलेश्वर मौवाहीमा एक महिलाको गएराती हत्या भएको स्थानीयहरुले जनाएको छ । सोही ठाउँमा बस्दै आएकी रिना यादवको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो । माईतमै बस्दै आएकी रिनाको गएराती नै हत्या भएको स्थानीयहरुले जनाएको छ । उनको एक बच्चाको खुट्टामा घाउ लागेको एक स्थानीयले बताए । रिनासँगै घरज्वाई बस्दै आएका उनका श्रीमान मृत अवस्थामा भेटिएका छन् ।

गाउँभन्दा केही पर खेतको एक रुखमा झुण्डिएको अवस्थामा स्थानीयहरुले फेला पारेका हुन् । केही दिन अगाडी मात्र विदेशबाट आएका उनका श्रीमानसँग झगडा भएको कारण घटना भएको हुन सक्ने स्थानीयहरुले आशंका गरेका छन् । यद्यपी, जिल्ला प्रहरी कार्यालय धनुषाले केही बेर अगाडी मात्र प्रहरी घटनास्थल पुगेकोले केही समयमा जानकारी दिने बताएको छ।

मृतक रिनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल पठाएको छ भने थप अनुसन्धान प्रक्रिया तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : कार्तिक ०७, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA

धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA

ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA