धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA

कार्तिक ०३,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुर : बडा दशैको महाअष्टमी जस्तो पवित्र पर्वको दिन धनुषा जिल्लामा एक दुःखद् घटना घटेको थियोे । नगराइन नगरपालिका–७ देवडिहाकी १७ वर्षीया राखी कामतीको शव लगमा र देवडिहा बीचको पोखरीमा फेला परेको थियो ।

​प्राप्त जानकारीअनुसार, मृतक राखी शनिबार साँझ नगराइन नगरपालिका–६ लगमा टोलमा झिझिया नाच हेर्नका लागि घरबाट गएकी थिइन्। त्यसपछि उनी रहस्यमय रूपमा बेपत्ता भएकी थिइन् भने आइतबार उनको शव लगमा टोलस्थित पोखरीमा मृत अवस्थामा फेला परेको थियो । पर्वको खुसीयाली छाउनुपर्ने बेलामा किशोरीको यसरी शव भेटिएपछि परिवार र सिङ्गो गाउँमा शोक र सन्नाटा छाएको थियो । ​घटना शंकास्पद रहेको बताउँदै मृतकका बुवा सुबोध कामतीले छोरीको हत्या भएको आशंका व्यक्त गरेका थिए ।

​यता, घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थल पुगी प्रारम्भिक अनुसन्धान थालेको थियो । प्रहरीले किशोरीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो । ​पोष्टमार्टम रिपोर्ट आएपछि र विस्तृत अनुसन्धान पश्चात मात्रै यो घटना आत्महत्या, दुर्घटना वा अन्य कुनै आपराधिक क्रियाकलाप (हत्या) हो भन्ने कुराको आधिकारिक पुष्टि हुने प्रहरीले जनाएको छ। घटनाको पुष्टि भएको छैन ।

घटना कसरी र केका लागि घटयाे कि घटाईयाे अहिलेसम्म पूर्ण अनुसन्धान भएको छैन । हेर्न बाँकी छ कि धनुषा प्रहरी द्वारा अनुसन्धानकाे गति लिन्छ कि अरू घटना जस्तै सामसुम पार्छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

प्रकाशित : कार्तिक ०३, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA