अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

कार्तिक ११,२०८३ / जेसी नेपाल संवाददाता

पोखरा : अदालतले रोक लगाएको विज्ञापनलाई नै टेकेर बढुवा सिफारिस गरेका कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। कोशी प्रदेशका प्रमुख परशुराम खापुङ समक्ष उनले लिखित राजीनामा बुझाएका हुन्।

अध्यक्ष गुराँगाईले यस अघि बनेको खर्च राज्यकोष दोहन गर्ने गरिको खर्च व्यबस्थापन कार्यबिधि सच्याएर प्रदेश सरकारलाई थप आर्थिक भार पर्ने गरि आर्थिक मामिला मन्त्रालयमा स्वीकृतिका लागि पठाएका थिए। अर्थ मन्त्रालयले आर्थिक भार पर्ने गरिएको कार्यविधि अस्वीकृत गरेपछि उनीमाथि नैतिकताको प्रश्न समेत उठेको थियो । उनले बुझाएको राजीनामालाई प्रदेश प्रमुख खापुङले स्वीकृत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेशद्वारा जारी विज्ञप्तिअनुसार आयोगका अध्यक्ष गुरागाईँले गत कार्तिक १० गते प्रदेश प्रमुख खापुङ्गसमक्ष आफ्नो लिखित राजीनामा पेश गरेका थिए। ​प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) मा भएको कानुनी व्यवस्थाबमोजिम उनको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रदेश प्रमुखको कार्यालयका उपसचिव अभय कुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा अध्यक्ष गुरागाईँले दिएको राजीनामा आगामी कार्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको उल्लेख गरिएको छ। लोकसेवा आयोगका अध्यक्ष गुरागाईमाथि लोकसेवा आयोगको सबै प्रक्रियामा एकलौटी गरेको, विज्ञको काम समेत आफैंले गरेको, अदालतको आदेशको अवज्ञा गर्दै बढुवा सिफारिस लगायतका गतिविधि गरेको आरोप लाग्दै आएको थियो।

प्रकाशित : कार्तिक ११,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA

धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA

ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA