रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

कार्तिक १२,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी बढुवाका लागि सिफारिस भएका छन् । रथी प्रदीपजंग केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले थापाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

बोर्डले बढुवा सिफारिसप्रति चित्त नबुझे उजुरी गर्न सात दिनको समय दिँदै सूचना जारी गरेको छ । सूचना सोमबार प्रकाशित भएको हो । रथी गणेश श्रेष्ठले मङ्सिर ७ गते अवकाश पाएपछि रिक्त हुने पदमा थापा सिफारिस भएका हुन्।

रथी पदका लागि अर्का उपरथी मधुकर कार्की पनि प्रतिस्पर्धामा भए पनि मङ्सिर १५ गते रथी प्रदीपजंग केसीले अवकाश पाएपछि मात्रै कार्की सिफारिस हुने भएका हुन्। अहिले रथिमा सिफारिस भएका थापा आउँदो भदौपछि प्रधानसेनापति बन्ने सम्भावना बलियो भएको छ।

अहिलेका प्रधान न्यायाधीश अशोकराज सिग्देलले भदौ २४ गते अवकाश पाएपछि वरियताका हिसाबले सामान्यतया थापा प्रधानसेनापतिका लागि योग्य हुनेछन्।

प्रकाशित : कार्तिक १२,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA

धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA