मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

कार्तिक १३,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत जुटाउन अन्तिम समयसम्म राजनीतिक प्रयास जारी राख्ने बताएका छन्।

विश्वासको मतका पक्षमा वा विपक्षमा जस्तोसुकै परिणाम आए पनि स्वीकार गर्ने उनको भनाइ छ। सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अन्य दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको र विश्वासको मत लिने समयसम्म राजनीतिक परिस्थिति अनुकूल बन्ने आशा व्यक्त गरे। उनले भने, 'जबसम्म सास छ, तबसम्म आश गर्नुपो नि। नेकपा एमालेले गत असोज ३० गते १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकारबाट समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा परेको हो।

तर, सहमतिका कतिपय बुँदा कार्यान्वयन भइसकेको र केही प्रक्रियामा रहेको मुख्यमन्त्रीको दाबी छ। प्रदेशमा नयाँ गठबन्धन बन्ने चर्चालाई उनले सामान्य राजनीतिक प्रक्रियाका रुपमा व्याख्या गर्दै दलहरुबीच मुद्दा, उद्देश्य र स्वार्थ मिले गठबन्धन बन्ने र फेरिने बताए। सरकारको भविष्यबारे पार्टीको केन्द्रीय नेतृत्वसँग पनि नियमित सम्पर्कमा रहेको उनले जानकारी दिए। मुख्यमन्त्री यादवले कात्तिक २९ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। १०७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक छ।

प्रदेशसभामा कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक-एक सांसद छन' । एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण बनेको छ।

प्रकाशित : कार्तिक १३,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA

धनुषामा गएराती एक महिलाको घाँटी रेटेर विभत्स हत्या, श्रीमान रुखमा झुण्डिएको अवस्थामा भेटिए : JCNEPALMEDIA

मोदी सत्तामाथि प्रश्न : तीन अनुहार, तीन शैली JCNEPALMEDIA