धनुषामा कमला स्नान गरी फर्किने क्रममा ट्याक्टरकाे चक्काले किचदा १४ वर्षीय बालकको मृत्यु : JCNEPALMEDIA

मंशिर ०८,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : धनुषाको कमला नगरपालिकामा ट्याक्टरबाट लडेर चक्काले किच्दा एक बालकको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब २:३० बजे कमला नगरपालिका-२ सराबेस्थित हुलाकी सडकखण्डमा भएको दुर्घटनामा हंसपुर नगरपालिका-९ रुदौली निवासी रामकुमार मण्डलका १४ वर्षीय छोरा जिसान्त कुमार मण्डलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लग्माबाट तिनकोरियातर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ त ३१९९ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा ट्याक्टरमा सवार जिसान्त सडकमा खसेका थिए । सोही क्रममा ट्याक्टरको पछाडिको चक्काले उनको टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका थिए घटनालगत्तै पुगेको प्रहरीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो ।

अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : मंशिर ०८,२०८३                    ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीको नियन्त्रणबाटै छुटेर उम्किएका कुशेश्वर भाग्दै गर्दा जटहीबाट पक्राउ : JCNEPALMEDIA

भारतकाे मणिपुरमा विषाक्त रक्सी पिउँदा ११ जनाको मृत्यु, १५० भन्दा बढी व्यक्ति अस्पताल भर्ना : JCNEPALMEDIA

जनकपुर र भैरहवा एयर रूट दिन भारत सहमत, नेपालको अडान महेन्द्रनगरसम्म : JCNEPALMEDIA

धनौजी प्रिमियर लिगको उपाधि जिते महुलियाटीम :JCNEPALMEDIA

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, सत्ता जोगाउने ठूलाे चुनौती : JCNEPALMEDIA

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA