दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने : भेरी अस्पताल- JC NEPAL MEDIA

माघ ८,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपालगञ्जको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको नि:शुल्क डायलाइसिस हुने भएको छ । अस्पतालले यसभन्दा अगाडि तीनवटा मेसिनबाट दुई सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो ।

अब ६ वटा मेसिनबाट दैनिक तीन सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् । त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एक मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

सेवालाई सर्वसुलभ र पहुँचमैत्री बनाउने उदेश्यसहित डायलाइसिस सेवालाई विस्तार गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईंले बताए ।

प्रकाशित : माघ ८,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डेंगु बाट सचेत रहन राष्ट्रिय अभियानीले गरे आग्रह : जगदीश चाैधरी

लागु औषध खैरो हिरोईन सहित एक जना मानिस पक्राउ

गाउँ पालिकाले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस : नवराजपुर

अमेरिकाबाट हरिको परिवार नेपाल घुम्न आएको थियो - JC NEPAL MEDIA

मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त

मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त