गाउँ पालिकाले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस : नवराजपुर

२१ मंशिर २०८० / जेसी नेपाल संवाददाता

लहान : सिरहाको नवराजपुर गाउँपालिकामा स्वास्थ्य शाखाले ‘स्वास्थय क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मुल नारासहित मंगलवार २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।

अन्तराष्ट्रिय स्वयंसेविका दिवस हरेक वर्ष डिसेम्बर ५ तारिखमा मनाउने गरिन्छ। राष्ट्रिय महिला सामुदायिक स्वास्थय स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पुरयाउदै आएका छन् ।

विशेषत समयक्रमसंगै सेवाको विस्तार गरि हाल महिला स्वास्थ्यसेविकाहरुले देशभर प्रजनन्,सुरक्षित मातृत्व,सुरक्षित गर्भपतन,नवजात शिशुस्याहार तथा बालरोग,खोप,पोषण,किशोरीवस्था र महिनावारी,प्रजनन्,ज्येष्ठ नागरिक,यौन तथा यौनज्न्य रोग,किटजन्य रोगहरु,सरुवाख रोग नियन्त्रण,नसर्ने रोगहरु,व्यक्तिगत सरसफाई तथा जनस्वास्थ्य अभियानहरु लगायतकामा उनीहरुले काम गर्दै आएका छन् ।

कार्यक्रममा नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादव (शिवा),उपाध्यक्ष पुनम कुमारी यादव, स्वास्थय शाखा प्रमुख संजिव कुमार यादवको उपस्थित रहेको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने–स्थानिय सरकार नागरिकको घर आँगनको सरकार हो ।

नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ । तपाईहरुले इमान्दारिताका साथ काम गरेकै कारण पालिकाको स्वास्थ्य क्षेत्र जिल्लामा एक नम्बरमा आएको छ ।’‘ आधारभूत स्वास्थ्य सेवा दिन होस् या महामारी नियन्त्रणको अभियान लिएर होस् । तपाईहरुको यो योगदान अतुलनीय छ’ उनको भनाइ थियो ।

प्रकाशित : मंसिर २१, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डेंगु बाट सचेत रहन राष्ट्रिय अभियानीले गरे आग्रह : जगदीश चाैधरी

लागु औषध खैरो हिरोईन सहित एक जना मानिस पक्राउ

दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने : भेरी अस्पताल- JC NEPAL MEDIA

अमेरिकाबाट हरिको परिवार नेपाल घुम्न आएको थियो - JC NEPAL MEDIA

मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त

मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त