लागु औषध खैरो हिरोईन सहित एक जना मानिस पक्राउ

२१ मंशिर २०८० / जेसी नेपाल संवाददाता

लहान : सिरहाको लहान नगरपालिका वडा नम्बर ८ माखन भोग होटल बाट ठुलो परिमाणमा लागु औषध खैरो हिरोईन सहित एक जना मानिस पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बरीयारपट्टी गाउँपालिका वडा नम्बर १ बडहरीका ४६ बर्षीय ग्रिस प्रसाद यादव रहेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनुषाबाट प्रहरी सहायक निरिक्षक गोपाल खड्का र प्रहरी चौकी लहान सिरहा बाट प्रहरी सहायक निरिक्षक सुनिल यादवको कमाण्डमा खटिएको संयुतm टोलिले बेलुका माखन भोग होटलमा बसिरहेको अबस्थामा निज लाई शंका लागी चेकजाँच गर्दा उनलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्दा उनले लगाएको ज्याकेटको बायाँ पट्टीको खल्तीबाट प्लाष्टिक पोका पारी राखिएको प्लाष्टिक सहित ५१ गा्रम ९० मिलिगा्रम र प्लाष्टिक बाहेक ४९ गा्रम ९०० मिलिगा्रम लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद लागु औषध खैरो हिरोइन र उनले प्रयोग गरेको स ७ प ५९७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय लहानमा बाट थप अनुसन्धान कार्य अगाडी बढाएको प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर २१, २०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डेंगु बाट सचेत रहन राष्ट्रिय अभियानीले गरे आग्रह : जगदीश चाैधरी

गाउँ पालिकाले मनाइयो २० औं स्वास्थ्य स्वयंसेविका दिवस : नवराजपुर

दैनिक १८ जनाको नि:शुल्क डायलाइसिस हुने : भेरी अस्पताल- JC NEPAL MEDIA

अमेरिकाबाट हरिको परिवार नेपाल घुम्न आएको थियो - JC NEPAL MEDIA

मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त

मधेशका मुख्यमन्त्री यादवद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त