चिकित्सा शब्दकोश लोकार्पण

काठमाडौँ — चिकित्सा विज्ञानका विभिन्न शब्दावलीलाई सर्वसाधारणले बुझ्ने भाषामा वर्णन गरिएको शब्दकोश ‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एन्ड एलाइड हेल्थ’ (चिकित्सा शब्दसागर) को बुधबार काठमाडौंमा लोकार्पण गरिएको छ । 

विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दहाल, डा.कमल शर्मा लम्साल र डा. विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित अंग्रेजीबाट अंग्रेजी र नेपालीमा वर्णन गरिएको शब्दकोश १ हजार ९ सय २० पृष्ठको छ । शब्दकोशमा चिकित्साशास्त्रसँग सम्बन्धित अंग्रेजी शब्दावलीलाई नेपाली भाषामा प्रस्ट्याइएको छ ।

शब्दकोषका संकलक डा. कमल लम्सालले शब्दकोष चिकित्सकका भाषा नेपालीमा बुझ्न सहज माध्यम हुने बताए । ‘अहिलेका धेरै चिकित्सक साथीहरुले अंग्रेजी भाषा नै प्रयोग गर्छन्, समाजमा चिकित्सकले जुन कुरा परिभाषित गर्न खोजिरहेको हुन्छ, त्यो कुरा सबैले बुझ्न सकेको हुँदैन,अप्ठ्यारो पर्छ,’ उनले भने, ‘शब्द नै धेरै अंग्रेजीमा हुने भएकाले जुन बुझाउन गाह्रो परिरहेको छ । यो शब्दसागरले त्यसलाई पक्कै पनि सहज बनाउनेछ ।’

चिकित्सा शब्दसागरको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. दिव्या सिंह शाह, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा.डा. राजेन्द्र कोजू, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला र नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठले लोकार्पण गरे । कृति तयार पार्न २०७१ भदौदेखि शब्द संकलनलगायतका प्रक्रिया सुरु गरिएको शब्दकोशका प्रमुख सम्पादक विनयकुमार शर्मा नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने