मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो । 

पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।

मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको बताउँदै नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिएकी छन् । उनले खुसी हुँदै भनिन्, 'पृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणबारे हामी सधैं कुरा गरिरहन्छौं । मंगल ग्रहको यो उडान पनि त्यस्तै हो । '

हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ ।

प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने