तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको फिरफिरेडाँडामा भलिबल प्रतियोगिता सुरु


दिपक बस्नेत
कात्तिक १७, तामाकोशी ।

तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको फिरफिरेडाँडामा दिपावलीको अवसरमा भलिबल प्रतियोगिता सुरु भएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफेको आयोजना र श्री शुभराम्भ युवा क्लव जफेको सह आयोजनामा पालिका भित्रका अन्र्तवडास्तरिय भलिबल प्रतियोगिता सुरु भएको हो ।  
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता दुईदिन सम्म संचालन हुने छ । भलिबल प्रतियोगितामा पालिका भित्रका भिरकोट, झुले, जफे, च्याँमा र हावाँका खेलाडीको सहभागिता रहेको कार्यक्रम संचालक इश्वर राज काफ्लेले जानकारी दिनुभयो । श्री शुभराम्भ युवा क्लवका अध्यक्ष बद्रि पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ३ जफेका वडा अध्यक्ष राम प्रसाद काफ्ले, वडा नम्बर १ भिरकोटका वडा अध्यक्ष महेश्वर काफ्ले, नेपाली कांग्रेस तामाकोशी गाउँपालिकाका सभापति कृष्ण प्रसाद फुयाँल लगाएतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नु भयो । प्रतियोगिता बिभिध कार्यक्रम सहित भोलि समापन हुने बताइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आज देशभर स्कुल,कलेज र समुदायमा माता सरस्वतीकाे पुजा गर्दै - JC NEPAL MEDIA

कक्षा ९ मा भरेको रजिस्ट्रेसन फाराम कक्षा १२ सम्म हुने - JC NEPAL MEDIA

मननीय रेखा यादवकाे कविताले साच्चिकै भावुक बनाउछ - JC NEPAL MEDIA

निमावि तहका लागि कोटाभन्दा ६४७ कम शिक्षक सिफारिस

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

समायोजन भएका ठुला विद्यालयलाई बस प्रदान गरिने