कमला नगरपालिकाले चलाउन सकेन बजेट JCNEPAL_MEDIA

असार २६, २०८१ / जेसी नेपाल संवाददाता

धनुषा : कमला नगरपालिकाले बजेट चलाउन सकेका छैनन् । नगर प्रमुख र उप- प्रमुख बीच बजेटकाे कुरा नमिले पछि बजेट चल्न दिएको छैन । नगर प्रमुख विशेशवर यादव र उप-प्रमुख शिला मंडल एउटै पार्टी काँग्रेसको भएता पनि नगरकाे विकासकाे काममा मिल्न सकेका छैनन् ।

पार्टीका जिल्ला , प्रदेश र केन्द्रकाे पंक्तिमा रहेकाहरू पनि विवाद मिलाउन चासे देखाएका छैनन् । कमला नगरवासी विकासको प्रतिक्षामै एक बर्ष बिताए, तर जनप्रतिनीधिहरु नै निकम्मा साबित भएपछि विकास निर्माणको कार्य गर्न सकेनन् । सुरुदेखि नै मेयर–उपमेयरबीचको विवादले आर्थिक बर्षको अन्तिम चौमासिकसम्म चलेको थियो ।

अन्तिम मसान्तको पहिलो सातामा मात्र सुत्र लक गरेपनि उपमेयरको जिद्दले योजना सँचालन हुन सकेनन् । यता, नगर प्रमुख विशेश्वर यादवले उपमेयर मण्डललाई वास्ता नै नगरेपछि योजना चल्न नसकेको गुनासो उपमेयर मण्डलको छ । उनले मेयर यादवले एकलौटी रुपमा योजना सूचिकृत गरी चलाउन खोजेपछि आफू विरोध जनाएको बताईन् । उमेयर मण्डलले आफूले विकास निर्माणमा राखेको योजनाहरु नगरपालिकाका कर्मचारीहरुले समेत सूचिकृत (ईन्ट्री) नगरिदिएपछि आफू समेत आफ्नो अधिकार प्रयोग गरेको थिए, बताईन् । योजना तर्जुमाको सँयोजक समेत रहेकी उपमेयर मण्डलले कुनै पनि वडाध्यक्षले योजना तर्जुमा गरी आफूकहाँ नआएको गुनासो सुनाइन् ।

वडाध्यक्षहरु नआएपनि आफ्नो अधिकार समेत खोस्न थालेपछि आफू विरोधमा उत्रेको थिए , उनलेे बताईन । उनले भनिन्न : मेयर साहबले नगरपालिकामा एकलौटी गर्न खोज्नुभयो । मेरै घरमा पार्टीका पदाधिकारीलाई समेत बोलाएर मेयरसाहबसँग म्यानुटमा हस्ताक्षर गराए, तर भोलीपल्टदेखि नै मेरो कुनै योजना नराखिदिने अडान कसेपछि म पनि अडान लिएकाे थिए । यसरी निर्वाचित प्रतिनीधिलाई वेवास्ता गरेर एक्लै नगरपालिका कसरी चलाउँछन हामी पनि हेरुम , भनेका थिए । सोही सन्दर्भमा जेसी नेपाल मिडियाले जनताको अपेक्षा, जनताको मतको कदरको सन्दर्भमा प्रश्न गर्दा उनले जवाफ दिन सकेका थिएन ।

विगत ७ बर्षदेखि निरन्तर विवादमै रहँदै आएकी उमेयर मण्डललाई यसपाली पनि बायकट्ट गरी योजना चलाउन खोजेपछि विवाद भई योजना सँचालन हुन सकेका थिएन । यता, नगर प्रमुख यादवले उपमेयरको बालहठ्ठको कारण योजना सँचालन हुन नसकेको प्रतिक्रिया दिएका थिए । उनले समय समेत कम रहेको अवस्थामा योजना सँचालन नभएको भन्दै पन्छिन खोजेका थिए । मेयर उपमेयरबीचको (ईगो)नै मुख्य कारण रहेको एक वडाध्यक्षले बताए । दुवै जनाको ईगोको कारण अहँकार पनि बढेको बताइन्छ । जनताबाट निर्वाचित जनप्रतिनीधिले आफ्नो घरको नीजि झगडाझैँ गर्न थालेपछि यहाँका नागरिकहरु समेत मुड चेन्ज गर्न थालेका छन् । जनप्रतिनीधिलाई प्रतिकार गर्ने तरखरमा रहेका नगरवासीले यसपाली समेत विकास हेर्न पाएनन् ।

९ वटा वडाका वडाध्यक्ष, वडासदस्य, मेयर, उपमेयर र नगरपालिकाकै केही कर्मचारीहरु समेत राजनीतिमा लागेपछि नगरपालिकाको हाल यस्तो भएको एक स्थानीयले बताए । नगरपालिकाभित्र केही कर्मचारीहरुले आफ्नो सेलेरी पकाउँदै विवादमै पारेर राख्ने सोंच नै बनाएको आरोप लगाए । तर, आ.व. २०८१/८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । प्रत्येक वाठामा ७०/७० लाख बजेट वाडेर उप- प्रमुख समेतलाई वागवण्डा मिलेपछि परिषद् गराउन नगर प्रमुख विशेशवर यादव सफल भएका छन ।

प्रकाशित : असार २६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

डाेनल्डट्रम्पको 'कारोबारी' विदेश नीतिले नेपालमा पार्न सक्ने प्रभाव-JCNEPAL MEDIA

मधेस सरकारका मुख्यमंत्री एनजीओ - आइ एनजीओ कार्यक्रमकाे प्रमुख अतिथिमा व्यस्त JCNEPAL MEDIA

नेपाल प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन : JCNEPAL MEDIA

विश्व बैंक र एडिबीबाट वित्तीय व्यवस्थापन नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं : कुलमान घिसिङ JCNEPAL MEDIA

काठमाडौं सरकारी वकिलकामा जारी छ रवीको बयान -JCNEPAL MEDIA

आज पनि सुन-चाँदीको मूल्य घटयाे -JCNEPAL_MEDIA