वाडा अध्यक्षले गरे जीउँदै महिलाको मृत्यु प्रमाणपत्रकाे लागि सिफारिस JCNEPAL_MEDIA

भाद्र २७ २०८१/ जेसी नेपाल संवाददाता

धनुषा जिल्लाकाे मुखियापट्टी मुसरनिया गाउँ पालिकाकाे एक महिला जीउँदै हुदाहुदै उनको मृत्यु दर्ता प्रमाणपत्रकाे लागि सिफारिस गरिएको स्रोत बाट बुझिएको छ ।

गाउँ पालिकाकाे वाडा नं. ५ तथा साविक गाविस बहेरा बेला निवासी राम परिक्षणकाे वुहारी तथा परिक्षण यादवकाे श्रीमती अ.वर्ष ६० कि कमली देवी यादवकाे मृत्यु दर्ता प्रमाणपत्रकाे लागि वाडा कार्यालयले सिफारिस गरिदिएकाे छ ।

श्रीमती यादव स-कुसल रहेको बुझिएको छ । जग्गा कब्जा गर्ने दाउमा यादवकाे नाउँमा रहेको जग्गा हड्पने याेजना बनाएर कागज कृर्ते गरि जिउँदै महिलाको मृत्यु दर्ता बनाउने प्रयास गरिएको स्थानीय बासि हरूले अशंका गरेका छन ।

साे जग्गा प्रकरणमा ठूलाे रकमकाे चलखेल भएको हुन्सक्ने स्थानीय सरकार देखि भु- माफियाहरूकाे संलग्नता रहेको स्राेतकाे दावी रहेको छ । भु-माफिया हरूले रकमको चलखेल गरि जग्गा कब्जा गर्ने दाउमा साे प्रमाणपत्र बनाउन लगाएको स्राेतकाे दावी रहेको छ ।

यस घटनाको वास्तविक बुझ्न र प्रतिक्रिया लिन वाडाध्यक्षकाे फाेन सम्पर्क गर्दा उपलब्ध हुन सकेन ।

प्रकाशित : भाद्र २७ २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

कपिलेश्वरकी दास मृत्यु प्रकरणमा नयाँ खुलासा ,४ महिना अगाडी गरिएको थियो चक्कु प्रहार : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशन : सभापतिमा गगनसहित ३ जनाको उम्मेदवारी, पदाधिकारीमा काे-काे ? : JCNEPAL MEDIA

चोलेन्द्र प्रकरण : सुरक्षा अंगदेखि प्रशासनसम्म दबाबमा राख्ने बालेन सरकारको नीति : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA