मुख्यमन्त्री सिंहले नेतृत्व लिन युवाहरुलाई गरे आह्वान

कार्तिक १७,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिंहले नेतृत्व लिन युवाहरुलाई आह्वान गरेका छन ।

उनले राजनिती ,सामाजिक तथा आर्थिक क्षेत्रमा नेतृत्व लिनका लागि आगाडी आउन युवाहरुलाई आह्वान गरेका छन । न्यु दियालो युवा क्लब राैतहटले सदरमुकाम गाैरमा आयोजना गरेको राैतहट युवा संवाद २०८१ लाई उदघाटन गर्दै मुख्यमन्त्री सिंहले भविष्यको पिएम,सिएम,मिनिस्टर , सांसद र विधायक सबै तपाईं युवाहरु नै हो भनेका थिए ।

ड्रगस लगायत नसालु पदार्थको सेवन गरी आफ्ना भविष्य र जवानीलाई अन्धकार तर्फ धकेलि रहेका युवाहरुलाई जाेगाउन शिक्षित युवाहरुलाई अग्रसरता देखाउन उनले अनुराेध गरेका छन । कुलतमा फसेका युवालाई जोगाउन मधेस सरकार तयार रहेका छन । युवाको उपस्थितिलाई हाैसला बढाउन प्रदेस सरकार लोकसेवा आयोगलाई कृयाशिल बनाएको,प्रदेशमा राेजगारी सृजनाका लागि विभिन्न रचनात्मक कार्य गर्न लागेकाे , राेजगारी वृद्विका लागि हरेक पालिकामा कृषि बजार,मधेसका सबै जिल्लामा माेडर्न स्कुल स्थापना , फिल्म सिटि, एजुकेसन पार्क बनाउने लगायतका कार्य गर्न थालेकाे मुख्यमन्त्री सिंहले बताए ।

युवालाई वैदेशिक राेजगारीमा गएका युवाले पठाएको रेमिटान्सबाट देश चलेको छ भने कुरामा कसैको दुई मत छैन । अब नेपालबाट युवा राेजगारीको शिलशिलामा विदेश जादैन भने अवस्था छैन । तर सीप सिकेका दक्ष युवा ,शिक्षित युवा मात्र विदेस गए मात्र उ सुरक्षित हुन सकछन । कम मानिस गएपनि आएको रेमिटेन्स निरन्तरता पाउंछन ।स्वदेशमा राेजगारीको अवसर प्रदान गरेर मात्र युवालाई विदेशीनबाट राेक्न सकिन्छ ।गाैर नगर प्रमुख शम्भु साहले राेजगारी नपाएको कारण युवाहरु विदेशिन वाध्य भएको बताए । वर्तमान सरकारसंग ठोस भिजन नभएको कारण देश दिन प्रतिदिन हरेक क्षेत्रमा पछाडी परि रहेको बताए ।

आयोजक संस्था एस टुगेर यु कैनका सचिव ओमनाथ ठाकुरकाे अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमंत्री सतिस कुमार सिंह प्रमुख अतिथि रहेका थिए । अतिथि ममता झा , आदर्स सहनी ,आदित्य मिश्र , मोसिमा खातुन सहितले युवाको लागि गर्नु विकास तथा सहयोगको बारेमा प्रकाश पारेका थिए । सो अवसरमा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार संजय यादव, कटहरिया नगर पालिकाका युवा नगर प्रमुख अजय प्रकाश जयसवाल , अधिवक्ता रतिश झा ,माैलापुर नगरपालिकाका मेयर प्रत्यासि राम कल्याण यादव,गरुडा मेयर प्रत्यासि दिपक यादव सहितको उपस्थिति रहेको थियो । यसकाे लगत्तै विभिन्न विषयमा जानकारहरुलाई राखि युवाको भविष्य बारे छलफल गरिएको थियो । कार्यक्रम सञ्चालन अधिवक्ता युवराज मुखियाले गरेका थियो ।

प्रकाशित : कार्तिक १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जसपाका प्रदेश साँसद सराेज सिंह कुशवाहाको घरमा अख्तियारको छापा, पिए समेत पक्राउ : JCNEPAL MEDIA

जनकपुरकाे रजाैलमा एक जना छात्रा झुन्डिएर आत्म हतिया गरीन : JCNEPAL MEDIA

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

पूर्वसभामुख महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला : बालकोट JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

नेकपा एमाले धनुषा अधिवेशनमा जुली- रघुवीर गुट हावी,अध्यक्षमा भोला यादव पुरै प्यानलसहित विजयी : JCNEPAL MEDIA