भारतकाे चम्पारणमा चोरीका ५९ मोबाइल कारसहित वीरगंजकी टिकटाेकर दीपमाला पटेललगायत भारतमा ५ जना पक्राउ : JCNEPAL MEDIA

कार्तिक ०३,२०८३ / जेसी नेपाल संवाददाता

भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लामा चोरीका ५९ थान मोबाइलसहित पाँच जना पक्राउ परेको समाचार सार्वजनिक भएको छ । पक्राउ परेकामध्ये वीरगञ्जमा बस्दै आएकी टिकटक प्रयोगकर्ता दीपमाला पटेल पनि रहेको भारतीय प्रहरीले जनाएको छ ।

नेपाल टप खबरमा प्रकाशित समाचारअनुसार, बिहारको मेहसी थाना क्षेत्रअन्तर्गत राष्ट्रिय राजमार्ग-२७ मा सवारीसाधन जाँच गर्ने क्रममा प्रहरीले भारतीय नम्बर प्लेटको कार रोकेर खानतलासी गरेको थियो । त्यसक्रममा कारभित्र लुकाएर राखिएका विभिन्न कम्पनीका ५९ थान मोबाइल बरामद भएको र कारमा सवार पाँचै जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ । पक्राउ पर्नेहरुमा बारा जिल्ला घर भएकी वीरगंज बस्दै आएकी टिकटोकर दीपमाला पटेलसहित बिहारका रामप्रवेश कुमार, नवनित सिंह, साहेब कुमार र लक्ष्मी कुमारी रहेको उल्लेख छ ।

पटेलको स्थायी घर पर्सा जिल्लाको चिकनी रहेको र उनी वीरगञ्जमा बस्दै आएको बताईएको छ । यद्यपी, विहार पुलिसले भने उनको घर बारा बताएको छ । बरामद मोबाइल भारतबाट चोरी गरी नेपालतर्फ लैजान खोजिएको आशंका गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरुसँग सोधपुछ गरिरहेको र घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ । यद्यपि, मोबाइल चोरीमा प्रत्येक पक्राउ परेका व्यक्तिको भूमिका र उनीहरुविरुद्धको आरोपबारे स्वतन्त्र आधिकारिक पुष्टि उपलब्ध छैन ।

यस घटनाले नेपाल-भारत सीमावर्ती क्षेत्रमा चोरीका सामान ओसारपसार तथा अवैध कारोबार नियन्त्रणको विषयलाई फेरि चर्चामा ल्याएको छ ।

प्रकाशित : कार्तिक ०३, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा झिझिया हेर्न गएकी १७ वर्षीया राखीको लास पोखरीमा भेटियो, हत्याकाे आशंका : JCNEPAL MEDIA

जनकपुर-१८ भाेइलकी 'सान्वी मण्डल' जितिन् 'मिस वेलनेस वर्ल्ड २०२६' को ताज, पैतृक गाउँमाभव्य स्वागत : JCNEPAL MEDIA

ओली-उपेन्द्र यादव बीच भेटवार्ता, काँग्रेस नेतृत्वको सरकार ढालेर जसपा नेपाल नेतृत्वमा सरकार बन्ने पका : JCNEPAL MEDIA

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

मधेसकाे स्वास्थ्य सामग्री खरिदमा अर्वैकाे भ्रष्टाचार , छानबिनमा मुख्यमन्त्री र स्वास्थ्य सचिव बाधक : JCNEPAL MEDIA

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA