भाइटीकाको दिन जुवा खेल्ने साढे ९ लाख नगदसहित १५ जना पक्राउ

कार्तिक १८,२०८१ / जेसी नेपाल संवाददाता

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनाइलाई पक्राउ गरेको छ। आइतबार बिहान पौने ५ बजे सुनसरी बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित जीवन कार्कीको घरमा जुवा तास खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षक पर्शुराम राई र इप्रका पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालसहित १४ जनाको प्रहरी टोली परिचालन कार्कीको घरमा छापामारी उनीहरूलाई पक्राउ गरिएको डीएसपी तिमल्सिनाले बताए। जुवा खालबाट ८ लाख ६६ हजार ५ सय नगद बरामद गरिएको डीएसपी तिम्सिनाले बताए।

त्यस्तै पक्राउ परेकाहरुको साथबाट एकलाख एक हजार ५ सय नगद गरी जम्मा ९ लाख ६८ हजार रुपैयाँ बरामद गरिएको उनले बताए। पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

प्रकाशित : कार्तिक १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA