कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA

अशाेज १७,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा सहभागिताका लागि सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन्।

शनिबार साँझ सभापति थापाको निमन्त्रणापत्र बोकेर सहमहामन्त्री योगेन्द्र चौधरी र कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरी देउवा निवास चुनदेवी पुगेका हुन्। देउवाका स्वकीय सचिव भानु देउवासँग फोनमा कुराकानी गरेर दुवै जना चुनदेवी गएका थिए।

तर, शनिबार साँझ ६ बजेतिर देउवा निवास पुग्दा भानु देउवा बाहिर निस्किसकेकाले भेट हुन नपाएको कांग्रेसका सहमहामन्त्री चौधरीले बताए। त्यसपछि उनीहरूले देउवा निवासको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै निमन्त्रणापत्र बुझाएको उनले बताए। सभापति थापाले पठाएको निमन्त्रणमा पत्रमा महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थितिका लागि आग्रह गरिएको चौधरीले जानकारी दिए।

नेपाली कांग्रेसको १५औं महाधिवेशनको उदघटनसत्रको प्रमुख आतिथ्य गरिदिन हुन निमन्त्रणापत्र दिएका छौं,’ चौधरीले भने। महाधिवेशन पनि देउवाबाटै उद्घाटन गराउने योजना रहेको उनको भनाइ छ। तर, देउवा आउने वा नआउने टुंगो लागेको छैन।

प्रकाशित : अशाेज १७, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा प्रहरीले गोली चलाएर लागुऔषधसहित एक युवकलाई गरे पक्राउ : JCNEPAL MEDIA

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश, सामाजिक परिचालक यादवविरुद्ध भ्रष्टाचार मुद्दा : JCNEPAL MEDIA

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ : JCNEPAL MEDIA

महोत्तरीका एक निर्वाचित मेयरले मलाई पिट्ने धम्की दियो : साँसद साह JCNEPAL MEDIA

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता : JCNEPAL MEDIA

सिरहामा सशस्त्र प्रहरीलाई कुल्चेर भाग्ने मुख्य अभियुक्त मँसुरीलाई २२ महिनापछि गोली हानेर पक्राउ