आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

अशाेज १८,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : आइतबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आइतबार राति कोशी र बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित : अशाेज १८, २०८३              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बालेनको भारत भ्रमणमा पञ्चेश्वरबाँधबारे छलफल हुने भारतीय मन्त्रीको दाबी : JCNEPALMEDIA

छठ पर्वका ब्रतालुलाई साडी वितरण, १५० भन्दा बढी महिलालाई सम्मान : JCNEPALMEDIA

जनकपुरका विभिन्न चाैकमा जडान भएको ट्राफिक लाइट विग्रिएकाे अबस्था,मधेसका डिआइजी बाट सुचारु हुने प्रतिबधा : JCNEPALMEDIA

शंकास्पद बिलबिजकसहित १३ हजार ९० किलो जिंकएश लोड गरिएको ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा : JCNEPALMEDIA

जनकपुर बंशी चाेककाे काली होटलमा मध्यराति प्रहरीको छापा, सुनचाँदी व्यवसायी ठाकुरसहित ५ जना पक्राउ : JCNEPALMEDIA

धनुषाको धनौजीमा आजदेखि वडा स्तरीय क्रिकेट प्रतियोगिता `धनौजी प्रिमियर लिग´(DPL) सुरु : JCNEPALMEDIA