भारतीय वायुसेनाको लडाकु विमान आगरामा दुर्घटना

कार्तिक १९,२०८१ / जेसी नेपाल संवाददाता

रचना झा / भारत

भारतीय वायुसेनाको लडाकु विमान आगरामा दुर्घटना भएका छन । उत्तर प्रदेशको आगरामा सोमबार भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ।

उडेको केहीबेरमा वायु सेनाको फाइटर विमान मिग–२९ दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि विमानमा आगो लागेको थियो। विमानमा दुई पाइलट थिए। आगो लागेको थाहा पाएपछि पाइलट र को–पाइलट प्यारासुटमार्फत विमानबाट बाहिरिएका थिए।

उक्त विमान पञ्जाबको आदमपुरबाट अभ्यासका लागि आगरा जाँदै थियो। दुर्घटनापछि विमान आगरानजिकैको कागारौलको सोना गाउँमा खेतमा खसेको थियो।

प्रकाशित : कार्तिक १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA