भारतीय वायुसेनाको लडाकु विमान आगरामा दुर्घटना

कार्तिक १९,२०८१ / जेसी नेपाल संवाददाता

रचना झा / भारत

भारतीय वायुसेनाको लडाकु विमान आगरामा दुर्घटना भएका छन । उत्तर प्रदेशको आगरामा सोमबार भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना भएको छ।

उडेको केहीबेरमा वायु सेनाको फाइटर विमान मिग–२९ दुर्घटनामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनापछि विमानमा आगो लागेको थियो। विमानमा दुई पाइलट थिए। आगो लागेको थाहा पाएपछि पाइलट र को–पाइलट प्यारासुटमार्फत विमानबाट बाहिरिएका थिए।

उक्त विमान पञ्जाबको आदमपुरबाट अभ्यासका लागि आगरा जाँदै थियो। दुर्घटनापछि विमान आगरानजिकैको कागारौलको सोना गाउँमा खेतमा खसेको थियो।

प्रकाशित : कार्तिक १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA