परराष्ट्रमन्त्री आर्जु देउवा राणाले(एनआरएनए)को एकता महाधिवेशन गर्न दिए दबाब

कार्तिक २२,२०८१ / जेसी नेपाल संवाददाता

परराष्ट्रमन्त्री आर्जु देउवा राणाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्न सकारात्मक दबाब दिएकी छन् । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको ८१औं बैठकले गठन गरेको पूर्वअध्यक्ष शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई दवाव दिनु भएकी छिन ।

सर्वोच्चले घले नेतृत्वको सोही समितिलाई एकताको महाधिवेशन गर्न निर्देशन दिँदै संघको गतिविधि २०७८ माघ १ को अवस्थाबाट सुरु गर्न आदेश दिएको थियो । सोही फैसलालाई टेकेर गत कात्तिक १ मा मन्त्रालयले घले र एनआरएनए सचिवालयलाई पत्राचार गर्दै फैसला कार्यान्वयन गर्न भनेको थियो । जसअनुसार मन्त्री राणाले बुधबार मन्त्रालयमा समितिको अनौपचारिक बैठक नै राखेर एकताको प्रक्रिया सुरु गर्न सुझाव सहित सकारात्मक दबाब दिएकी हुन् ।

बुधबार करिब एक घण्टा भएको बैठकका क्रममा राणाले एनआरएनएको एकताको उद्देश्यसहित मन्त्रालयले आवश्यक पहलकदमी लिएको बताइन् । सो क्रममा उनले सर्वोच्चको फैसला र मन्त्रालयले कात्तिक १ मा गरेको पत्राचारअनुसार एकताको महाधिवेशन गर्दा एनआरएनएकै हित हुने धारणा राखिन् । देशको आर्थिक समृद्धिका गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसका लागि एनआरएनहरुबीच एकता आवश्यक रहेको उनको भनाइ थियो। ‘तपाईंहरु मिल्दा नै नेपालको आर्थिक समृद्धिमा सहयोग पुग्छ । त्यसकारण सर्वोच्च अदालतको फैसला र सोअनुसार मन्त्रालयबाट भएको पत्राचारअनुसार ६ महिनाभित्र एकताको महाधिवेशन गर्नुस्’, राणाको जोड थियो । बैठकमा संयोजक घलेसहित समितिका सदस्यहरु डा उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा, कुमारप्रसाद पन्त, बिनोद कुंवर, उमेश कुमार पुडासैनी, जानकी गुरूङ्ग, कुल आचार्य, डा बद्री कसी र रविना थापालाई बोलाइएको थियो ।

तर, बैठकमा घलेसहित उपेन्द्र महतो, बिनोद कुँवर, जानकी गुरुङ, कुल आचार्य, बद्री केसी र भवन भट्ट सहभागी भएका थिए । बैठकको सुरुमा मन्त्रालयका सचिव र अन्य कानुनविद्ले सर्वोच्चको फैसलामा भएका व्यवस्थाबारे ब्रिफिङ गरेका थिए । त्यसपछि पूर्वअध्यक्ष शेष घलेले आफू सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउन तयार रहेको बताएका थिए । यस्तै संस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि संस्थालाई एकताबद्ध बनाउनुको विकल्प नरहेको बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग हुने बताए । आफूले सधैँ संस्थाको एकताका लागि आवाज उठाउँदै आएको भन्दै महतोले सबैलाई एक ठाउँमा ल्याइछाड्ने प्रतिबद्धता जनाए ।

यस्तै कुल आचार्य, बिनोद कुवरलगाएतले पनि एकताको पक्षमा धारणा राख्दा समितिका सदस्य बद्री केसीले भने सर्वोच्चको दोस्रो फैसलाको कुरा उठाएका थिए । उनले संस्था अविछिन्न रहने उल्लेख गर्दै १० औँ महाधिवेशनलाई सर्वोच्चले अवैध ठहर गरेपनि ११ महाधिवेशनको हकमा लागू नहुने धारणा राखेका थिए । तर, उनले आफू एकताको पक्षमा भने रहेको बताएका थिए ।मन्त्रीज्यूले एकताको प्रक्रिया अघि बढाएर ६ महिनाभित्र महाधिवेशन गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित : कार्तिक २२,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA