धनुषाको पुरन्दाहामा माेटरसाइकलकाे ठक्करले एक जनाकाे मृत्यु JCNEPAL_MEDIA

कार्तिक २४,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको पुरन्दाहामा माेटरसाइकलकाे ठक्करले एक जनाकाे मृत्यु भएको छ ।

जनकपुर - धनुषा जाने सडकमा मुखियाइन पाेखरी नजिक विपरीत दिशाबाट आइरहेका स्पेलेन्डर प्र.२-०२-००२प / ४६१९ नम्बरको माेटर साइकलले मिथिला विहारी नगरपालिका वाडा नम्बर १ मा बस्ने विन्देशवर साहको छाेरा अं.वर्ष २८काे दु:खी साहले मिथिला विहारी न.पा. वाडा नं. २ वस्ने रामगुलाम यादवकाे छाेरा अं. वर्ष ४८ काे विनाेद यादव लाई ठक्कर दिदा उपचारको क्रममा प्रादेशिक अस्पताल ,जनकपुरमा मृत्युु भएका छन ।

घटना साँझ ७ बजेर ३० मिनेटमा मृतक विनाेद यादव दिशा गरेर घर जाने क्रममा तारापट्टी बाट आइरहेका माेटर साइकल चालक दु:खि साहले सडकमा माेटरसाइकलले ठक्कर दिदा घाइते भएका थिए ।

घाइते विनाेद यादवलाई आफ्न्त र गाउलेकाे सहयोगमा प्रहरीलाई खवर गरेपछि लालिया प्रहरी चाैकीकाे प्रहरीले चालक र माेटरसाइकल लाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुर पु-याएका थिए ।

घाइते विनाेद यादवलाई टाउकोमा पछाडिकाे भागमा चाेट लागेकाे र नाकबाट रगत निस्केर पेटफुलेकाे थियो । राति ९: १५ बजेकाे समयमा प्रादेशिक अस्पताल ,जनकपुरमा मृत्यु  भएका थिए । मृतक विनाेद यादवलाई पाेषटमार्टम गरेर निजि निवास पुरन्दाहामा दाह संसकार गरिने छन । मृतक विनाेद यादवकाे ४ वटा सन्तान रहेकाे बुझिएको छ ।

माेटरसाइकल समेत चालक धनुषाधाम इलका प्रहरी कार्यालयकाे हिरासतमा रहेका छन । घटना बारेमा धनुषाधाम इलका प्रहरी इन्चार्ज इन्सपेक्टरले जानकारी गराएका छन ।

प्रकाशित : कार्तिक २४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA