पौडेलले दिए उपराष्ट्रपति यादवलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी JCNEPAL-MEDIA

कार्तिक २५,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार तोकेका छन् ।

अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति यादवबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्य तालिका रहेको छ ।

प्रकाशित : कार्तिक २५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA