मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यू JCNEPAL_MEDIA

कार्तिक २७,२०८१ / जेसी नेपाल संवाददाता

राैतहट : मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यू भएको छ भने अर्का गम्भिर घाईते भएका छन् । रौतहटको चन्द्रपुर वडा नम्बर ४ स्थित पूर्वपश्चिम राजमार्गको पश्चिम तर्फको पहिलो लच्कामा मंगलबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लच्का नजिक सर्लाहीबाट निजगढ तर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ७०४९ नम्बरको मोटरसाइकल सडकबाट तल खसेर दुर्घटना हुँदा चालक सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय साजिद अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परेर घाइते अन्सारीलाई उपचारको लागि चन्द्रनिगाहपुरस्थित अस्पतालमा ल्याउँदा मृत्यु भएको हो । प्रहरीका अनुसार अन्सारीले चलाएको मोटरसाइकल अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो । घटनालगत्तै ट्राफिक प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : कार्तिक २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA