इमन्दार भएकै कारण बढुवाको एक वर्षपछि डा. श्रवण नायककाे पदस्थापन JCNEPAL_MEDIA

कार्तिक २७,२०८१ / जेसी नेपाल संवाददाता

डा.श्रवणकुमार नायकलाई काममा इमन्दार भएको कारणले मधेश सरकारले पदस्थापन गर्न ढिलाइ गरेको थियो । मधेश सरकारको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले एघारौं तहमा बढुवा भएका डा. नायकलाई मधेश स्वास्थ्य निर्देशनालयको प्रमुखमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

सो निर्णय बमोजिम मुख्यमन्त्री कार्यालयले उनलाई मंगबार निर्देशनालय प्रमुखमा पदस्थापन गरेको हो । आफ्नो आज निर्देशनालयको प्रमुख पदमा पदस्थापन भएको र पत्र बुझ्न आधिकारिक जानकारी आएको नायकले बताए । लामो संघर्ष र मिहिनेतपछि आफूले न्याय पाएको उनको भनाइ छ । स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहका नायकको दरबन्दी भएको कार्यालय मधेश स्वास्थ्य निर्देशनालय नै हो ।

१६ मंसिर २०८० मा स्वास्थ्य सेवाको एघारौं तहमा बढुवा भएका नायकलाई झण्डै ५ महिनादेखि मुख्यमन्त्री कार्यालयमा तलबभत्ता खाने गरी सरकारले थन्काएको थियो । बढुवाको ७ महिनासम्म स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नायकले आफूभन्दा कनिष्ट डा. राजीवकुमार झा मातहतमा काम गर्नु परेको थियो । डा. राजिव झा संघिय कर्मचारी भएता पनि मधेस सरकारले दाेहराे जिम्मेवारीमा राखेर नायकलाई दाेश्राे दाेस्राे मर्यादा क्रममा राखेका थिए ।

जबकी मधेश प्रदेश निजामती सेवा ऐन २०७७ को दफा ३७ को उपदफा १ मा बढुवा उपर उजुरी नपरे १६ औं दिनमा नियुक्ति गरिसक्नु पर्ने कानुनी प्रावधान छ । बढुवा अनुसार नियुक्ति र पदस्थापनको लागि नायक धेरै पटक मधेशका तत्कालीनु मुख्यमन्त्री सरोजकुमार यादव, दलका नेताहरू,वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, प्रमुख सचिव, स्वास्थ्यमन्त्री र मुख्यमन्त्री गुहारेका थिए ।

तर उनलाई कसैले वास्ता गरेनन् । कनिष्टको मातहतमा काम गर्न र थन्किन बाध्य भए । सराेज कुमार यादवकाे सरकारले बढुवा गरेको नायकलाई एक बर्ष पछि सतिश कुमार सिंहकाे सरकारले पदस्थान गर्न सफलभए । वास्तवमा नायक काममा इमन्दार भएकै कारण मधेस सरकारले जालझेल गरेका थिए ।

जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेको करिब एक महिनापछि २० असारमा मन्त्रिपरिषद बैठकले नायकलाई निर्देशनालयको निर्देशकमा नियुक्ति गरेको थियो । तर पदस्थापन नगरी जिम्मेवारी विहीन बनाएर मुख्यमन्त्री कार्यालयमा थन्काएका थिए । अन्नत सत्यको जित हुदाेरहेछ,भने बुझिएको छ ।

प्रकाशित : कार्तिक २७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ : JCNEPAL MEDIA

गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको `शुक्रबारे कचहरी´ : JCNEPAL MEDIA

राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरु बिहानै गरे आन्दोलन : JCNEPAL MEDIA

नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षा सम्बन्धी बैठक सम्पन्न : भारतीय प्रम मोदी मधुवनी आउने JCNEPAL MEDIA