ट्रम्पले मस्कसहित यीनलाई प्रमुख जिम्मेवारी दिदै JCNEPAL_MEDIA

कार्तिक २८,२०८१ / जेसी नेपाल संवाददाता

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले आफ्नो मन्त्रीपरिषद् गठनमा व्यस्त छन्। अमेरिका पहिलो नीतिमा जोड दिदैँ उनले आफ्नो सरकारमा रक्षामन्त्री, सीआईए प्रमुख र ह्वाइट हाउस काउन्सिलसहित महत्त्वपूर्ण पदमा नियुक्ति गरिसकेका छन्।

जसमा भारतीय मुलका विवेक रामास्वामी र एलन मस्कलाई सरकारी दक्षता विभागको जिम्मेवारी दिइएको छ। नियुक्तिपछि ट्रम्पले भनेका छन्, ‘यी दुई उत्कृष्ट अमेरिकीहरूले सरकारी कर्मचारी हटाउन, फोहोर कम गर्न र संघीय एजेन्सीहरूको पुर्नगठन गर्न एकसाथ काम गर्नेछन्। यो सेभ अमेरिका (अमेरिका बचाउ) आन्दोलनको लागि महत्त्वपूर्ण छ।

ट्रम्पले रक्षामन्त्रीको जिम्मेवारी पिट हेगलाई दिएका छन् भने जोन र्याट्क्लिफलाई सीआईए प्रमुख बनाइएको छ। त्यस्तै विलियम जोसेफ म्याकगाइलले ह्वाइट हाउसको सल्लाहकारको भूमिका पाएका छन्। फक्स न्युजमा होस्ट समेत रहेका रक्षामन्त्री हेगेसा पूर्व सैन्य अधिकारी हुन्। हेगेसाको नियुक्तिपछि बोल्दै ट्रम्पले पिटलाई ‘अमेरिका पहिलो नीतिमा विश्वास गर्ने, बुद्धिमान व्यक्ति’ को संज्ञा दिएका छन्।

उनको नेतृत्वमा सेना फेरि बलियो हुने र अमेरिका कहिल्यै पछि हट्दैँन भन्ने सन्देश शत्रुहरूलाई दिन खोजेको ट्रम्पको भनाइ छ। उनले नयाँ सीआईए प्रमुखले अमेरिकी जनताका लागि सधै सत्य र इमान्दारीका साथ काम गरेको बताए। ट्रम्पले आउँदो २० जनवरीदेखि कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित : कार्तिक २८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA