बैंकको नगद लाभांश प्रस्ताव पारित : सानिमा JCNEPAL_MEDIA

मंसिर ५, २०८१ / जेसी नेपाल मिडिया

काठमाडौं : सानिमा बैंकको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित नगद लाभांश पारित गरेको छ।

मंगलबार सम्पन्न साधारणसभाले सेयरधनीलाई हालको चुक्ता पुँजी ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको बैंक सञ्चालक समिति अध्यक्ष तुकप्रसाद पौडेलले बताए।

आर्थिक वर्ष २०८०/८१ मा २.४० अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब, कुल निक्षेप १९९.३८ अर्ब तथा खुद कर्जा सापटी १६४.९४ अर्ब छ। आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ।

प्रकाशित : मंसिर ५, २०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA