प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली सहित एनसीआर -JCNEPAL_MEDIA

मंशिर ५,२०८१ / जेसी नेपाल संवाददाता

रचना झा/ भारत  

वायु प्रदूषणको चपेटामा आएको दिल्ली सहित एनसीआर आधा लकडाउनमा छ । बढ्दो प्रदूषणलाई ध्यानमा राख्दै दिल्ली सरकारले सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्ने र ५० प्रतिशतलाई मात्रै कार्यालयमा आएर काम गर्ने घोषणा गरेको छ ।

राजधानीमा प्रदूषणको स्तर बढ्दै गएपछि सरकारले कयौँ कुरामा प्रतिबन्ध लगाएको छ । विद्यालय र कलेजहरू बन्द भएका छन् । अब कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै घरबाटै काम गर्न भनिएको छ । प्रदूषण कम गर्न सरकारले सरकारी कार्यालयका आधा कर्मचारीलाई घरबाटै काम गर्ने निर्णय गरेको दिल्लीका वातावरण मन्त्री गोपाल राईले एक्समा एउटा पोस्टमा लेखेका छन् ।

यो नीति कार्यान्वयनका लागि आज दिउँसो १ बजे सचिवालयमा पदाधिकारीसँग बैठक बस्ने बताइएको छ । बढ्दो एक्यूआईलाई दृष्टिगत गरेर गुरुग्राममा पनि जिल्ला प्रशासनले मङ्गलवार घरबाट कामको लागि सल्लाह जारी गरेको छ । उपयुक्त अजयकुमारले जारी गरेको यो सल्लाहमा कर्पोरेट र निजी क्षेत्रका कम्पनीहरूलाई आफ्ना ५० प्रतिशत कर्मचारीलाई घरबाट काम गर्न अनुमति दिन भनिएको छ । दिल्ली–एनसीआरमा स्कुलहरू बन्द वायु प्रदूषण अत्यन्तै गम्भीर श्रेणीमा पुगेपछि दिल्लीका मुख्यमन्त्री आतिशीले कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने आदेश दिएकी छिन् ।

सबै कक्षाहरू अनलाइन सञ्चालन हुनेछन् । साथै, एनसीआरका फरीदाबाद, गाजियाबाद, गुरुग्राम, नोएडाका जिल्ला प्रशासनले पनि कक्षा १२ सम्मका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । केही कलेजले अनलाइन कक्ष सञ्चालनको तयारी गर्ने भएका छन् । दिल्लीमा अत्यावश्यक वस्तु ओसारपसार गर्ने बाहेक सबै ट्रक छिर्न रोक लगाइएको छ । एलएनजी, सीएनजी, बीएस–भीआई डिजेल वा इलेक्ट्रिक पावर जस्ता स्वच्छ इन्धनमा चल्ने व्यावसायिक सवारीहरूलाई प्रतिबन्धबाट छुट छ ।

यसैबिच, दिल्लीबाहिर गैर अत्यावश्यक हलुका सवारीमा साधनमा प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध दिल्लीमा मात्र नभएर गुरुग्राम, फरीदाबाद, गाजियाबाद र गौतम बुद्ध नगर जस्ता वरपरका क्षेत्रहरूमा पनि लागू हुनेछ । नियम उल्लङ्घन गर्नेलाई २० हजार जरिवाना तिराइनेछ ।

प्रकाशित : मंशिर ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA