प्रहरी निरीक्षक बिनुकुमारी शाही फरार -JCNEPAL_MEDIA

मंशिर ५,२०८१ / जेसी नेपाल संवाददाता

ललितपुरको भैँसेपाटीमा प्रहरी समेतको मिलेमतोमा भएको हनी ट्रयाप घटनाको अनुसन्धान टुंगिएको छ । सीआईबीको अनुसन्धान प्रतिवेदनमा प्रहरी निरीक्षक बिनु शाहीसहित ६ जनालाई आपराधिक लाभ र संगठित अपराधको कसुरमा प्रतिवादी बनाउन सिफारिस गरिएको छ ।

स मध्ये चारजना पक्राउ छन् भने प्रहरी निरीक्षक बिनुकुमारी शाही र दर्शन पोखरेल फरार छन् । भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनीट्रयापमा पारेर रकम असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो। व्यवसायीलाई ‘बला'त्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवलदारसहित चारजना थुनामा छन्।

ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका थिए। घटना सार्वजनिक भएपछि उनलाई प्रभागको प्रमुखबाट हटाइएको थियो। जिल्ला प्रहरी परिसर ललितपुरले छानबिन समिति पनि बनाएको थियो। छानबिन समितिले पटकपटक सोधपुछका लागि बोलाउँदा पनि उनी उपस्थित भएकी थिइनन्।

प्रकाशित : मंशिर ५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA

रौतहटमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु : JCNEPAL MEDIA

आजको बैठकमा सांसदहरुको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने : प्रतिनिधि सभा JCNEPAL MEDIA

भूमि आयोगका अध्यक्षसहित पाँच जना फरार : सिरहा JCNEPAL MEDIA

यातायात व्यवस्था कार्यालय गौरकाे लाइसेन्समा अवैध कारोबार चलिरहेको खुलासा : JCNEPAL MEDIA

कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण : राष्ट्रिय परीक्षा वाेर्ड JCNEPAL MEDIA