भारतको महाराष्ट्रमा मोदीको पार्टीले २३३ सिटमा जीते JCNEPAL_MEDIA

मंशिर ९,२०८१/ जेसी नेपाल मिडिया

भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय ३३ सीट जितेको छ । भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो ।

विपक्षी गठबन्धन महा विकास अघाडी (एमभीए) ले ४१ सिट जितेको छ । एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी (एसपी) लगायत सहभागी छन् । छ सिटमा अन्य दलहरू विजयी भएका छन् । महाराष्ट्रका सबै दुई सय ८८ विधानसभा सिटका लागि बुधवार मतदान भएको थियो । भारतमा पछिल्लो समय बढ्दै गएको विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने अनुमान् विपरीत सत्तारुढ गठबन्धनले सहज जीत प्राप्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यस्तै झारखण्डमा कांग्रेससमेत रहेको झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गरेको छ । ८१ सदस्यीय विधानसभामा जेएमएमले ५६ सीट जितेको छ । भाजपाले २४ सीट जितेको छ । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चाले एक सिट जितेको छ । झारखण्ड विधानसभा चुनाव दुई चरणमा सम्पन्न भएको हो । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा दुई लोकसभा र ४६ विधानसभा सिटका लागि उपचुनाव भएको हो ।

प्रकाशित : मंशिर ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA