भारतको महाराष्ट्रमा मोदीको पार्टीले २३३ सिटमा जीते JCNEPAL_MEDIA

मंशिर ९,२०८१/ जेसी नेपाल मिडिया

भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय ३३ सीट जितेको छ । भाजापा मुख्यमन्त्री एकनाथ सिन्देको शिवसेना र अजित पवारको एनसीपीसहितको महायुती गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा गरेको हो ।

विपक्षी गठबन्धन महा विकास अघाडी (एमभीए) ले ४१ सिट जितेको छ । एमभीएमा कंग्रेससँगै उद्धव ठाकरेको शिवसेना, शरद पवारको एनसीपी (एसपी) लगायत सहभागी छन् । छ सिटमा अन्य दलहरू विजयी भएका छन् । महाराष्ट्रका सबै दुई सय ८८ विधानसभा सिटका लागि बुधवार मतदान भएको थियो । भारतमा पछिल्लो समय बढ्दै गएको विभाजनको राजनीतिले महाराष्ट्रको चुनावी परिणाम पनि प्रभावित हुने अनुमान् विपरीत सत्तारुढ गठबन्धनले सहज जीत प्राप्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

यस्तै झारखण्डमा कांग्रेससमेत रहेको झारखण्ड मुक्ति मोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गरेको छ । ८१ सदस्यीय विधानसभामा जेएमएमले ५६ सीट जितेको छ । भाजपाले २४ सीट जितेको छ । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चाले एक सिट जितेको छ । झारखण्ड विधानसभा चुनाव दुई चरणमा सम्पन्न भएको हो । महाराष्ट्र र झारखण्डसँगै विभिन्न राज्यमा दुई लोकसभा र ४६ विधानसभा सिटका लागि उपचुनाव भएको हो ।

प्रकाशित : मंशिर ९,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA