वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक र कर्मचारीविरुद्ध पक्राउ पुर्जी- JCNEPAL_MEDIA

मंशिर ११,२०८१ / जेसी नेपाल मिडिया

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी प्रकरणमा मुछिएका छन् । ठाकुरसहित अरु तीनजना कर्मचारीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेको छ ।

ठाकुरसँगै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको प्रकरणमा मुछिएका छन् ।

यसरी ठगी प्रकरणमा तानिनेहरूमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरीविरुद्ध जाहेरी आएको पुष्टि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता बरुणबहादुर सिंहले गरेका छन् ।

प्रकाशित : मंशिर ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA