सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेकी विनुलाई गरे पक्राउ - JCNEPAL_MEDIA

मंशिर ११,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गदैआएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याकेकी हुन् । विनु यादवले प्रदर्शन गर्ने पूर्वसूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो ।

तर, विनुले मोटरसाइकलबाट उत्रिनसाथ कालो छ्यापेपछि मात्रै प्रहरीले प्रतिक्रिया जनाउन भ्याएको हो । विनुले छ्यापेको मसीले ‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको छ ।

प्रकाशित : मंशिर ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA