सर्वोच्च अदालतको बोर्डमा कालो छ्यापेकी विनुलाई गरे पक्राउ - JCNEPAL_MEDIA

मंशिर ११,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गदैआएकी विनु यादवले आज सर्वोच्चको गेटमै कालो मसी छ्यापेकी छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालो साडी लगाएर इन्ड्राइभमा एक्लै आएकी विनुले प्रहरीको आँखा छल्दै एउटा बोतलमा ल्याएको कालो रंग सर्वोच्चको बोर्डमा फ्याकेकी हुन् । विनु यादवले प्रदर्शन गर्ने पूर्वसूचना पाएर सिंहदरबार वृत्तका डीएसपीसहितको प्रहरी टोली सर्वोच्च परिसरमै थियो ।

तर, विनुले मोटरसाइकलबाट उत्रिनसाथ कालो छ्यापेपछि मात्रै प्रहरीले प्रतिक्रिया जनाउन भ्याएको हो । विनुले छ्यापेको मसीले ‘सर्वोच्च अदालत’ लेखिएको बोर्ड पूर्णरूपमा विरूप बनेको छ ।

प्रकाशित : मंशिर ११,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA