सर्वोच्चमा रिट दर्ता,चिनियाँ कम्पनी विरुद्ध -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

मधेश प्रदेशको पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमलादेखि सप्तरीको कंचनरुपसम्मको सडक चार लेनमा विस्तार तथा स्तरोन्नतीको लागि आवश्यक पर्ने संरक्षीत बन क्षेत्र र नदीबाट गैरकानूनी तथा अवैध रुपमा चिनियाँ कम्पनीले ढुंगा, गिटी, बालुवा उत्खनन गरिरहेको भन्दै त्यस विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरिएको छ । मुदालाई सर्वोच्च अदालतले अग्रधिकारी दिदै आउदो १६ गते पेशी तोकेको छ ।

लहान नगरपालिकाले लहान नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि, २०७९ अनुसार प्रारम्भिक वातावरणीय परिक्षणमा आफै प्रस्तावक भई आफै स्वीकृत गरेको अवस्था देखिएको र लहान नगरपालिका र चाइना रेल्बे नं २ इन्जीनयरिङ ग्रुप को लिमिटेडले गिट्टी बालुवा उत्खन्न र निकासी गर्दै आएका छन् ।

रिटमा गैरकानूनी तथा अबैध रुपमा गिट्टी बालुवा निकासी गर्ने कार्य गरी रहेकोले वातावरण संरक्षण ऐन, २०७६ को दफा २९ र विपरित वातावरणीय क्षति पुग्न सक्ने देखिएकोले यस रिट निवेदनको अन्तिम किनारा नभएसम्म रिट निवेदनमा उल्लेख भएको खुट्टी खोलाबाट गैरकानूनी रुपमा ढुङ्गा, बालुवा उत्खनन नगर्नु नगराउनु, गैरकानूनी रुपमा उत्खनन र संकलन गरिएका ढुङ्गा, बालुवा निकासी नगर्नु नगराउनु, उक्त कार्यहरु तत्काल बन्द गर्नु, गराउनु, वातावरण संरक्षण गर्नु भनी विपक्षीहरुको नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

वातावरण संरक्षण ऐन, २०७६ को दफा ३ तथा वातावरण संरक्षण नियमावली, २०७७ तथा मधेश प्रदेशको प्रदेश वन ऐन, २०७७ लगायतका संघीय तथा प्रदेश कानूनको विपरित हुने गरी लहान नगरपालिकाले बनाएको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षणलाई समेत बदर गर्न रिटमा माग गरिएको छ ।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA