विवाह पञ्मीकाे माैका छाेपि सिंगारिदै मधेस भवनको वाल -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुर चुरोट कारखाना लिमिटेड(जचुकालि) भित्र रहेको मधेस भवनको भित्ता केही दिनदेखि मिथिला चित्रकलाले तस्बिर कारी रंगिदैछ । भित्तामा कलाकारहरु रामजानकीको विवाह समयको प्रतीकात्मक चित्रकला कोरिरहेको देखिएका छन् । याक, गैँडा र देउराली ब्रान्डको चुरोट उत्पादन गर्ने यो उद्योग २०७० असार २० गतेदेखि बन्द छ । उद्योगभित्र हाल मधेश प्रदेश सरकारको मुख्यालय छ ।

सोभियत संघ (रुस) को सहयोगमा २०१७ सालमा जनकपुरमा यो उद्योग निर्माण थालिएको थियो । करिव ६४ वर्षअघि निर्माण गरिएको उद्योगको यो भित्तालाई मधेश प्रदेश सरकारले मिथिला पेन्टिङ गरेर सिंगार्न थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्यद्वारको पश्चिमी भित्तामा तीनजना कलाकार हरुको एक समूहले एकैसाथ एउटै पेन्टिङलाई अन्तिम रूप दिँदै थिइन् ।

वैवाहिक परम्परालाई भित्तामा उतारेका तीनैजना कलाकारहरूले आफूहरुले लगाएको लुगाको रंग नै पेन्टिङमा पोतेका छन् । ३३ बिघा ९ कठ्ठा जग्गा ओगटेको उद्योगको बाहिरी पर्खालको ३ हजार ५ सय फिट (१३३ बिघा ९ कठ्ठा जग्गा ओगटेको उद्योगको बाहिरी पर्खालको ३ हजार ५ सय फिट (१ किमि) मा १ सय ६० वटा मिथिला पेन्टिङ कोरिने जनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २० लाख रुपैयाँ खर्चेर जचुकालिको बाहिरी परिसर सिंगारिरहेको छ । मिथिलाको संस्कृति, रहनसहन, खानपान र विविधता झल्काउने १ सय ६० फरक प्रकारका मिथिला पेन्टिङ पर्खालमा पोतिने जनाइएको छ ।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

स्थानीय तह मर्जरको तयारी, यस्तो बन्यो मापदण्ड : JCNEPALMEDIA

अख्तियारको आरोपपत्र : ७२ हजार घुस लिएका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर : महाेत्तरी JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA