विवाह पञ्मीकाे माैका छाेपि सिंगारिदै मधेस भवनको वाल -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुर चुरोट कारखाना लिमिटेड(जचुकालि) भित्र रहेको मधेस भवनको भित्ता केही दिनदेखि मिथिला चित्रकलाले तस्बिर कारी रंगिदैछ । भित्तामा कलाकारहरु रामजानकीको विवाह समयको प्रतीकात्मक चित्रकला कोरिरहेको देखिएका छन् । याक, गैँडा र देउराली ब्रान्डको चुरोट उत्पादन गर्ने यो उद्योग २०७० असार २० गतेदेखि बन्द छ । उद्योगभित्र हाल मधेश प्रदेश सरकारको मुख्यालय छ ।

सोभियत संघ (रुस) को सहयोगमा २०१७ सालमा जनकपुरमा यो उद्योग निर्माण थालिएको थियो । करिव ६४ वर्षअघि निर्माण गरिएको उद्योगको यो भित्तालाई मधेश प्रदेश सरकारले मिथिला पेन्टिङ गरेर सिंगार्न थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मुख्यद्वारको पश्चिमी भित्तामा तीनजना कलाकार हरुको एक समूहले एकैसाथ एउटै पेन्टिङलाई अन्तिम रूप दिँदै थिइन् ।

वैवाहिक परम्परालाई भित्तामा उतारेका तीनैजना कलाकारहरूले आफूहरुले लगाएको लुगाको रंग नै पेन्टिङमा पोतेका छन् । ३३ बिघा ९ कठ्ठा जग्गा ओगटेको उद्योगको बाहिरी पर्खालको ३ हजार ५ सय फिट (१३३ बिघा ९ कठ्ठा जग्गा ओगटेको उद्योगको बाहिरी पर्खालको ३ हजार ५ सय फिट (१ किमि) मा १ सय ६० वटा मिथिला पेन्टिङ कोरिने जनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले २० लाख रुपैयाँ खर्चेर जचुकालिको बाहिरी परिसर सिंगारिरहेको छ । मिथिलाको संस्कृति, रहनसहन, खानपान र विविधता झल्काउने १ सय ६० फरक प्रकारका मिथिला पेन्टिङ पर्खालमा पोतिने जनाइएको छ ।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA