भारतका चर्चित क्रिकेटर शिखर धवन एनपिएल खेल्न आइपुगे -JCNEPAL MEDIA

मंशिर १४,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : भारतका चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमयर लिग (एनपिएल) खेल्न काठमाडौँ आइपुगेका छन्।

उनी शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्। उनी एनपिएलमा कर्णाली याक्समा आवद्ध छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका अफिसियलहरुले स्वागत गरेका थिए।

भारतका लागि २४ टेस्ट खेलेका उनले २ हजार ३१५ बनाएका छन् भने १६७ एकदिवसीय खेलमा ६ हजार ७९३ रन बनाएका छन्। टी–२० उनले भारतका लागि ६८ खेलमा १ हजार ७५९ रन बनाएका छन्।

उनले टेस्ट क्रिकेटमा ७ शतक र ५ अर्धशतक तथा एकदिवसीयमा १७ शतक र ३९ अर्धशतक बनाएका छन्। टी–२० क्रिकेटमा ११ अर्धशतक बनाएका छन्। उनले इन्डियन प्रिमियर लिग (आइपिएल)मा ६ हजार ७६९ रन बनाएका छन्।

प्रकाशित : मंशिर १४,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पेट्राेलकाे मूल्य यथावत रहेपनि डिजेलकाे घट्यो : JCNEPAL MEDIA

कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

एसएसपी प्रकाश रानाभाटले दिए राजीनामा : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA