सिरियाका विद्रोहीहरूले दोस्रो ठुलो सहर अलेप्पो कब्जा गर्न सफल - JCNEPAL MEDIA

मंशिर १५,२०८१ / जेसी नेपाल मिडिया

दमास्कर : सिरियाको विद्रोही समूहले देशको दोस्रो ठुलो सहर अलेप्पोका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले यस्तो दाबी गरेको हो । एसओएचआले शुक्रबार साँझ विद्रोहीहरूले सहरको आधाभन्दा बढी नियन्त्रणमा लिएको बताएको छ।

सिरियाली सरकार विरुद्ध विद्रोहीहरूले हालैका वर्षहरूमा गरेको यो सबैभन्दा ठुलो आक्रमण हो। सन् २०१६ मा सेनाबाट निष्कासित भएपछि राष्ट्रपति बसर अल-असदको सेनासँग पहिलो पटक लडेका विद्रोहीहरू अलेप्पो पुगेका छन्। इस्लामवादी उग्रवादी समूह हयात तहरीर अल-शाम (एचटीएस) सँग जोडिएको च्यानलमा पोस्ट गरिएको भिडियोमा विद्रोही लडाकुहरू सहरभित्र गाडीहरूमा देखाइएको छ।

बीबीसी वेरिफाइले यो फुटेज अलेप्पोको पश्चिमी उपनगरमा भएको बताएको छ। सरकारी सुरक्षा बलहरूले बुधबार एचटीएस र सहयोगी समूहहरूले गरेको आक्रमणपछि अलेप्पो र इदलिब प्रान्तका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएको बताएका छन्। सरकारले सन् २०११ मा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दमन गरेपछि सुरु भएको गृहयुद्धमा हालसम्म ५ लाखभन्दा बढी मानिस मारिएका छन् ।

प्रकाशित : मंशिर १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बारामा सशस्त्र प्रहरीकै ढाँटमा रकम असुली गरी ‘तस्करीको लाइन’ खुलेआम : JCNEPAL MEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA