सिरियाका विद्रोहीहरूले दोस्रो ठुलो सहर अलेप्पो कब्जा गर्न सफल - JCNEPAL MEDIA

मंशिर १५,२०८१ / जेसी नेपाल मिडिया

दमास्कर : सिरियाको विद्रोही समूहले देशको दोस्रो ठुलो सहर अलेप्पोका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले यस्तो दाबी गरेको हो । एसओएचआले शुक्रबार साँझ विद्रोहीहरूले सहरको आधाभन्दा बढी नियन्त्रणमा लिएको बताएको छ।

सिरियाली सरकार विरुद्ध विद्रोहीहरूले हालैका वर्षहरूमा गरेको यो सबैभन्दा ठुलो आक्रमण हो। सन् २०१६ मा सेनाबाट निष्कासित भएपछि राष्ट्रपति बसर अल-असदको सेनासँग पहिलो पटक लडेका विद्रोहीहरू अलेप्पो पुगेका छन्। इस्लामवादी उग्रवादी समूह हयात तहरीर अल-शाम (एचटीएस) सँग जोडिएको च्यानलमा पोस्ट गरिएको भिडियोमा विद्रोही लडाकुहरू सहरभित्र गाडीहरूमा देखाइएको छ।

बीबीसी वेरिफाइले यो फुटेज अलेप्पोको पश्चिमी उपनगरमा भएको बताएको छ। सरकारी सुरक्षा बलहरूले बुधबार एचटीएस र सहयोगी समूहहरूले गरेको आक्रमणपछि अलेप्पो र इदलिब प्रान्तका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएको बताएका छन्। सरकारले सन् २०११ मा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दमन गरेपछि सुरु भएको गृहयुद्धमा हालसम्म ५ लाखभन्दा बढी मानिस मारिएका छन् ।

प्रकाशित : मंशिर १५,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA