प्रमुख निर्वाचन आयुक्त :२९३ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान हुदै -JCNEPAL MEDIA

मंशिर १६,२०८१/ जेसी नेपाल संवाददाता

काठमाडौं : स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।

उपनिर्वाचनका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएको छ । चिसोका कारण दोलखा र रुकुमका केही मतदान केन्द्रमा मतदाताहरू ढिलागरीमात्र पुगेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदान सकिएपछि मतगणनाको कार्यप्रारम्भ गर्ने र भोलिपल्ट नतिजा सार्वजनिक गरिसक्नेगरी तयारी गरेको जनाएको छ ।

कीर्तिपुर नगरपालिकाको मतगणना कीर्तिपुर नगरपालिका भवनमा र काठमाडौँको वडा नम्बर १६ को मतगणना वडा कार्यालयकै भवनमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंशिर १६,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA

बारामा प्रहरीले लागू ओैषध अफिम सहित ३ जनालाई गरे पक्राउ : JCNEPALMEDIA

सर्वोच्च अदालतकाे व्याख्या , जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य : JCNEPALMEDIA