धनुषाधाम नगरपालिका वाडा नं.१ मा वडाध्यक्ष पदका लागि मतदान जारी : JCNEPAL MEDIA

मंशिर १६,२०८१ / जेसी नेपाल संवाददाता

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ मा वडाध्यक्षको लागि उपनिर्वाचन सुरु गरेको छ । विहान ७ः०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया केही बेर समान्य विवाद हुँदा रोकिएपनि पुनः केही मिनटमै मतदान सुरु भएको जनाइएको छ ।

विभिन्न दल समर्थित समर्थनकर्ताहरुले मतदान स्थलमा समान्य विवाद गरिएको जनाइएको छ । यद्यपी, सौहार्द वातावरणमा पुनः मतदान प्रक्रिया सुचारु भएको हो । वडा नम्बर १ का तत्कालिन वडाध्यक्षको निधन भएपछि निर्वाचन आयोगले त्यहाँ पुनः मतदान गराएको हो ।

आज अपरान्ह ५ बजेसम्म मतदान प्रक्रिया चल्नेछ भने आजै रातीदेखि मतगणना समेत हुने जनाइएको छ । वडा नम्बर १ मा कुल २ हजार ६ सय ३६ मतदाताको सूचि रहेको छ । मतदानको लागि तीनवटा मतदान केन्द्र तोकिएको छ । धनुषा गोविन्दपुर, वडा नं. १ को वडा कार्यालय र मुँगरारस्थित मतदान केन्द्र रहेको छ । वडा नम्बर १ मा नेपाली काँग्रेस, माओवादी र जसपाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रकाशित : मंशिर १६,२०८१     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

श्री राधाकृष्ण सार्वजनि पुस्तकालयको बैठकमा फर्जी हस्ताक्षर गरिएको आरोप : JCNEPALMEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA

बारामा प्रहरीले लागू ओैषध अफिम सहित ३ जनालाई गरे पक्राउ : JCNEPALMEDIA

सर्वोच्च अदालतकाे व्याख्या , जनमतको कदर गर्नु जिम्मेवार राजनीतिकर्मी र जनप्रतिनिधिको कर्तव्य : JCNEPALMEDIA