प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी छ्याङ् बीच औपचारिक भेट JCNEPAL MEDIA

मंशिर १८,२०८१/ जेसी नेपाल संवाददाता

बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा आज स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले समकक्षी छ्याङलाई आफ्नो भ्रमण दलका सदस्यलाई परिचय गराएका थिए । चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अन्य नेताको परिचय गराएका थिए । यसपश्चात् दुई मुलुकका प्रधानमन्त्री स्तरमा द्विपक्षीय भेटवार्ता र हस्ताक्षर समारोह हुनेछ । प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ आइपुगेको हो । भ्रमण दलमा प्रथम महिला राधिका शाक्य परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद, मुख्यसचिव सहित विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी लगायत छन् ।

- रासस प्रकाशित : मंशिर १८,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बारामा सशस्त्र प्रहरीकै ढाँटमा रकम असुली गरी ‘तस्करीको लाइन’ खुलेआम : JCNEPAL MEDIA

८२० किलो गाँजा तथा चरेस बरामद, १२ जना भारतीय नागरिक पक्राउ : JCNEPAL MEDIA

संखुवासभाको मकालुमा गोली हानेर शिक्षकको हत्या : JCNEPAL MEDIA

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA