धनुषामा ट्याक्टरले ठक्कर दिँदा स्वः पत्रकार रोहिताको बुवा गम्भिर घाइते - JCNEPAL MEDIA

पुस १,२०८१/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषामा ट्रयाक्टरले ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् ।

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ८ बिसरभोरा टोलस्थित ट्राक्टरको ठक्करबाट स्वर्गीय पत्रकार शिवेन्द्र रोहिताको बुवा गम्भिर घाईते भएका हुन् । उत्तर दक्षिणको गाउँले सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ज.१ त. ९९५४ नम्बरको ट्रयाक्टरले स्वः पत्रकार रोहिताका बुवा स्थानीय ५० वर्षीय सत्यदेव रोहितालाई सोमबार अपरान्ह ५ बजे ठक्कर दिएको हो ।

रोहिताको हात र खुट्टामा गम्भीर चोट लागेको छ । सडकमा हिँडिरहेका रोहितालाई ट्रयाक्टर चालक स्थानीय भुल्ला भन्ने शैलेन्द्र रोहिताले ट्याक्टर लिएर ज्यान मार्न खोज्यो परिवारजनले जनाएको छ । वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैतका अनुसार, रोहिताको गम्भीर रोहिताको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।

रोहितालाई ठक्कर दिने टेक्कटर चालक शैलेन्द्र रोहिता भुला फरार रहेको ईलाका प्रहरी कार्यालय यदुकूहाले जनाएको छ ।

प्रकाशित : पुस १,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ : राष्ट्रिय योजना आयोग JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA